कञ्चनपुर, १ भदौँ । लागु औषध सहित कञ्चनपुरको बेदकोट नगरपालिकाका एक युवक प्रहरी नियन्त्रणमा परेका छन । बुधबार दिउँसो भीमदत्त नगरपालिका ४ महेन्द्रनगरबाट बेदकोट नगरपालिका १ हातिथलाका रोहित दमाई लागु औषध सहित प्रहरी नियन्त्रणमा परेका छन । दमाईको साथबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।
नेपाल प्रहरीको प्रदेश प्रहरी इकाई कार्यालय लागुऔषध नियन्त्रण इकाई कञ्चनपृुरको टोली सहित जिल्ला प्रहरी र सघीय प्रहरीले दमाईलाई पक्राउ गरेको हो । दमाईको साथबाट ७२एम्पुल फिनारगन, ७३एम्पुल एक्सोजेसिक सहितका लागृु औषध बरामद गरेको छ । प्रहरीले दमाई लागु औषधका तस्कर हुनसक्ने भन्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाईको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline