राप्रपा भित्रको अमानवीय सामन्तवादी प्रथा अन्तर्गत नेता र कार्यकर्ताहरुको संम्वन्ध मालिक र दासको जस्तो रहेको छ । नेता कार्यकर्ताहरुसँग हात मिलाउन त ठूलै कुरा नमस्ते पनि फर्काउँदैन नेताले । सम्बोधन गर्दा पनि नेताको पुरानो पदको नाम लिएर पुरै निहुरिमुण्टी भएर अभिवादन गर्दछन । यो व्यवहारले पार्टी भित्र मध्य युगिन दासप्रथा कायम रहेको जस्तोे देखिन्छ । आफ्नै कार्यकर्ताहरुसंग त दासको जस्तो व्यवहार गर्ने राप्रपाका सामान्तवादी नेताहरुले जनताहरुलको सुख दुःख देशको समुन्नती र जनताको संमृद्धिसंग यिनको के नै कार्यक्रम र चाहना हुन सक्छ र ? वास्तवमा यो व्यवहारको कारण यिनको सबै नारा र चुरीफुरी बेकम्मा सावित भै सकेका छन् । यसै कारण यी त आफ्नो गुमेको सामन्तवादी स्वर्णिम साम्राज्य फेरी फिर्ता ल्याई लुटको साम्राज्य चलाउने अभिलाषामा डुवेको अवस्थामा रहेका छन् ।
यिनीहरुको उदेश्य त आफ्नो गुमेको राजपाट खोस्ने कांग्रेस कम्यूनिष्ट र नेपाली जनतासंग वदला लिने मात्र देखिन्छ । यो नै यिनीहरुको चाहना पनि हो । यसर्थ यिनीहको पार्टी राप्रपा कुनै राजनैतिक पार्टी जस्तो छैन । यो त एक अपराधीक संगठन जस्तो ढाँचामा चलेको छ । आफुभन्दा मथिल्लो स्तरको नेतासंग वोल्न सक्ने त के आँखामा आँखा सम्म जुधाउने अथवा हेर्नमात्र सक्ने आँट कसैले गर्न सक्दैन । यसकारण कार्यकर्ताहरु यिनीहरुका कृत दास जस्तो देखिन्छन् । अझ यिनीहरुको पार्टीको नाउ भने प्रजातन्त्र अरे सुहाउँछ प्रजातन्त्र यिनीहरुको पार्टीगत व्यवहारमा अहिले ? वास्तवा यो जस्तो विडम्वना संसारमा कतै पाईएला र ? यसर्थ यस्तो पार्टी र यिनका नेताले कसरी देशमा प्रजातन्त्र कायम गरि देशलाई विकसित र संम्बृद्ध बनाउदै छन ? भन्ने प्रश्नको जवाफ खोजिरहनु नै पर्दैन ।
राप्रपा गठन भएको ३२ बर्ष भन्दा बढि वितिसक्दा पनि यो पार्टीसंग देश, समाज र जनताहरुको सुख, सम्बृद्धिको लागि चाहिने कुनै स्पष्ट आर्थिक, सामाजिक, राजननैतिक नीतिहरुनै छैनन । छ त केवल जनताहरुलाई दिग्भ्रमित बनाउने नाराहरु ।
यो पार्टीको नाराहरु हेर्दा नै यिनीहरु षड्यन्त्रकारी हुन भन्ने स्पष्ट हुन्छ । यसर्थ यिनीहरु यदी जनतालाई भ¥याङ् बनाएर सत्तामा पुगे भने नेपाली जनता फेरी सामन्तवादको कालरात्रीमा बाँच्न विवस हुनु पर्ने अवस्था आउने कुरा स्पष्ट हुन्छ । तसर्थ जनता सचेत भई यो राप्रपा रुपी हरियो सर्पलाई चुनावमा पूर्ण रुपमले हराई यिनीहरुको अस्तित्व नै सखाप पार्नु पर्दछ ।
जेसुकै विचारधारा, राजनैतिक सिद्धान्त बोकेपनि विषेश गरि पार्टी नेतृत्व दुरदर्शी, समानतामा विश्वास राख्ने योग्य कुशल विद्वान अध्ययनशील र अन्तराष्ट्रीय सम्वन्धमा पारंगत भए मात्र त्यस्तो पार्टी सफल हुन्छ । तर दुर्गाग्य वर्तमान राप्रपाका पार्टी अध्यक्ष पढेलेखेको व्यक्ति हैनन, सधै अरुको आदेश तामेलीगर्ने व्यक्ति मात्र हुन् । यसैले उनले आफ्ना आसेपासे र भरौटेहरुकोमात्र कुरा सुनी पार्टी भित्र भएका योग्य व्यक्तिलाई पाखा लगाउने एकलकाटे प्रवृतिले यो पार्टीलाई सामन्तवादी धरातलमा उभ्याउन खोजि रहेका छन् । यिनमा अध्ययनशीलता र नेतृत्व लिन सक्ने कुनै गुण नै छैन । केवल दुईचारवटा उखान टुक्कामा नाराहरु लगाएर आफूलाई नेताको रुपमा उभ्याउने प्रयत्नमा मात्र यिनी केन्द्रित छन् । यस्ता नाराहरु र उखान टुक्काको आधारमा वर्तमानमा पार्टी संचालन गर्न र यसलाई सत्तामा पु¥याउन संभव नै छैन । यतिमात्र कहा हो र आफ्नै पार्टीले वोकेको प्रजातान्त्र, उदारवाद राष्ट्रियताको परिभाषा सम्म यिनले राम्रो सबुझेका छैनन् । यस्तो बुद्धुले जनताको पिरमर्का तथा विकासा र संमृद्धिको चाहना बुझ्न सक्ने कुरै भएन ।
आज २१ सौँ शताब्दी भनेको समानता र समावेशीताको युगिन शताब्दी हो । तर यिनले पदाधिकारीहरु, सचिवालय र केन्द्रीय समितिमा गरेका नियुक्तिहरु हेर्दा यस्तो लाग्छ की राजेन्द्र खास जाती र वर्गलाई असिम घृणा गरि जनजातीहरुलाई मात्र अघि बढाउने व्यक्तिको रुमा चित्रित हुन्छन् । यही प्रकारले राजेन्द्र लिङ्गदेन अघि बढे भने राप्रपा केवल जनजातीको पार्टी नेशनल मंगोल अर्गनाईजेशन जस्तो हुन धेरै समय कुर्न पर्दैन । यसको लागि समयले परिणाम चाडैनै देखाउने छ ।
पार्टी सफल हुनलाई मुलुकको भू–राजननैतिक अवस्था र विश्वास तथा अन्तर्राष्ट्रिय परिवेशमा आधारित देशमा अमन चयन कायम राखी मूलुकलाई अन्तर्राष्ट्रिय रुपमा इज्जत दिलाई विकास संमृृद्धिको लागि वैदेशिक लगानी ल्याउन सक्ने एउटा व्यवहारिक राम्रो परराष्ट्र नीति चाहिनुको साथै पर्टी अध्यक्षको छिमेकी मुलुकका सरकारसंग तथा खाश त ठूला शक्तिहरुसंग सुरुचीपूर्ण सम्वन्ध राख्न सक्ने क्षमता हुनु आवश्यक छ । तर वर्तमान राप्रपा नेतृत्वसंग यो खुवी नै छैन । यसर्थ यस्तो पार्टीसंग जनताको आशा भरोसा रहन सक्छ र ? साथै विकास सम्बृद्धिको कुरा त अध्यारो सुरुङ्मा पशे सरह गन्तव्य विहिन होईन र ?
संक्षेपमा भन्नुपर्दा वर्तमान राप्रपा नेतृत्व राप्रपालाई राष्ट्रिय राजनीतिक शक्तिको रुपमा अघि बढाइ देशमा न्याय समानता,समवेशीता शान्ति र सद्भाव कामन राख्दै देशलाई विकशित र संमृद्ध बनाउनेको लागि आयोग्य र असक्षम छ । त्यसैले नेपाली जनताले यिनीहरुका झुठ्ठा र गुलिया नाराहरमा नझुक्किइ यिनीहरुलाई आगामी आम चुनावमा पूर्ण रुपमा पराजित गरि नेपाली राजनीतिबाट सादाको लागि मटियामेट पार्नु पर्दछ भन्ने कुरामा सजग बनौ । सबैमा चेतना भया ।