‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी

‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी

  • सोमवार, साउन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, ३० साउन । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् ।यसबर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् ।

यस्तै, विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगीतामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाहरूले समेत सहभागिता जनाउन पाउने बताइन् ।

‘मैले सधै नै मिस यूनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागु हुने समावेशिता हो । आउँदो वर्षदेखि लागू हुने गरि गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुका लागि लागु हुनेमा विश्वास लिएकी छु,’ उनले भनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ