स्कोर्पियोको ठक्करबाट भारतीय नागरिकको घटनास्थलमै मृत्यु

स्कोर्पियोको ठक्करबाट भारतीय नागरिकको घटनास्थलमै मृत्यु

  • आइतवार, साउन २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

बारा, २९ साउन । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ मा आइतबार दिउँसो स्कोर्पियोको ठक्करबाट साइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको छ । पथलैया वीरगन्ज सडकखण्डमा रहेको महागढी पेट्रोल पम्प नजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कोर्पियोले साइकललाई दिउँसो ३स्३५ बजेतिर ठक्कर दिँदा साइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार दुर्घटनामा परेर साइकल चालक भारत घर भई हाल पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–३२ परसवा बस्दै आएका ४२ वर्षीया कनहाई साह तेलीको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै स्कोर्पियो चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–२४ रामगढवा घर भएका २४ वर्षीय सञ्जय बैठालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ