राप्रपा हरियो घाँसभित्रको बिशालु हरियो सर्प !

राप्रपा हरियो घाँसभित्रको बिशालु हरियो सर्प !

  • आइतवार, साउन २९, २०७९
  • -पुस्कर कुमार अधिकारी

  • 14.5K
    SHARES

नेपाली जनताहरुको न्याय, आर्थिक सामाजिक, भौगोलिक क्षेत्रीय, जातीगत भाषिक समानता र राजनीतिक तथा धार्मिक स्वतन्त्रताको लागिभएको दशकौँ लामो आन्दोलनलाई वलपूर्वक दवाउँदै, हजारौँ निर्दोष जनता र उनिहको परिवहरुको हत्या गर्दै आन्दोलनकारी जनतालाई कालकोठरीमा अमानवीय रुपमा जनावरहरुलाई जस्तै कोच्दै पञ्चेहरुले राजाको नाम भजाउँदै देशमा आफ्नो लुट र भ्रष्टाचारको साम्रज्य चलाए ।

यीतिहरुको पालामा, चरेश, बाघको छाला, सर्पको छाला, कार्पेट, मूर्ति तस्करी, कुलेखानी प्रोजेक्ट निर्माण लगायत हज्जारौँ तस्करी र भ्रष्टाचारका काण्डहरुबाट यी पञ्चहरुले करोडौँ कुम्ल्याई वैदेशिक राष्ट्रहरुमा राष्ट्रीय सम्पत्ती लगि लुकाए । यसर्थ पञ्चायती व्यवस्था नै आर्थिक र राजनीतिक रुपमा यिनीहरुको स्वर्णकाल थियो । तर नेपाली जनता भने सबै खाले शोषण, विभेद, हत्या र यिनीहरुको दमनकारी प्रबृति भोग्न कालकोठरीको पीडा भोग्न विवस वनाइएका थिए । यसैको प्रतिकार गर्दै नेपालीजनताहरुको अथक संघर्ष र आन्दोलनको फलस्वरुप यिनीहरुको लुट, भ्रष्टाचार र राजनीतिको कालो साम्राज्य ढल्यो । नेपाली जनताहरुको जीत भयो । यो रक्तपिपाशु हत्यारा पञ्चहरु तिलमिलाउने मात्र नभै किंकर्तव्य विमुढ भए । यो प्रतिक्रान्तिकारी पूनर्उत्थानवाद हरियो विषलु सर्प हरियो घाँसमा नदेखिने गरि लुकेको र कुनै पनि वेला आफ्नो पेशामा कृयाशी घाँसे गोठालालाई जस्तै सोझा जनतालाई डस्ने मौका अझै खोजिरहेको अवस्थामा छन । यसरी यि जनतालाई इतिहासको गतिशीलतालाई रोकि समयको वहावमा ठूलो वाधा अडचन खडा गरि जनतालाई अघि बढ्नबाट रोक्न मौका खोजिरहेको अवस्थामा छन । यसरी यी अनेकौँ षढयन्त्रको बाँध बाँधी जनतालाई पूर्ववत दाश बनाई प्रगती र समुन्नती रोक्न आएका सामन्तवादी हुन भनेर चिन्न गारो पर्दैन ।

अहिले विभिन्न जटिल आन्दोलनको प्रतिफलको रुपमा नेपालले प्रजातान्त्रिक साशन व्यवस्था अंगीकार गरेको अवस्था हो । यहि प्रजातान्त्रिक व्यवस्था र कानूनी साशनको फाईदा उठाएर यी पञ्चहरुले फेरी आफ्नो लुटतन्त्र, वलात्कार, हत्या र विभेदको साम्राज्य चलाई जनआन्दोलनका अभियन्ताहरु तथा राजनीतिक दलहरुसंग वदला लिन राष्ट्रीय प्रजातान्त्रिक पार्टी भनि एक राजनीतिक पार्टी बनाएका छन । जुन साह्रै हास्यास्द छ । यस्तो तानाशाही पार्टीको नाम प्रजातान्त्रिक, यो कस्तो विडम्वना ?

विभिन्न जालझेल गरि यिनीह अर्थात राप्रपा सधै यो प्रजातान्त्रिक व्यवस्थामा पनि सत्तामा हालीमुहाली चलाई यो व्यवस्थालाई नै वदनाम गर्ने षढयन्त्रमा लागि रहे । फेरी राप्रपाको नारा प्रष्ट छ । यिनिहरु मौकापाए फेरी पुरानै एकदलीय विभेदपूर्ण तानाशाही व्यवस्था फर्काइ नेपालीलाई फेरी यनीहरुको गुलाम बनाउन चाहन्छन । कारण यिनीहरु आफैमा पनि एउटा सामन्तवादी हाईरारकी छ । जस्लाई ठूलो सामन्त, सानो सामन्त, आठपहरीया र दाशमा वर्गिकरण भएको पाईन्छ । यसर्थ यस पार्टीका कार्यर्काहरु भने केवल दाशमात्र हुन । ठूला सामन्तीको आदेश तामेल गर्नेमात्र कर्तव्य यि दाशरुपी कार्यकर्ताहरुको काम हो । यी बोल्न सक्दैनन । यी गधाका रुपमा केही र्आर्थक जुठन पूरन खान मात्र अझै राप्रपाको कार्यकर्ताको रुपमा रहेका छन ।

स्मरण गर्नै पर्ने कुरा राप्रपाको गठन चनेको आफ्नो लुट र तानाशाही फेरी फर्काई कांग्रेश र कम्यूनिष्ट जस्ता आन्दोलनमा लागेका राजनीतिक दलहरु र जनताहरुसंग वदला लिन हो । यो रापपा भन्ने पूर्व पञ्चहरुसंग खोक्रा नाराहरु मात्रै छन । देश विकास, समानता वैश्वीक पहिचानको लागि चाहिने आर्थिक, सामाजिक, सांस्कृतिक, परराष्ट्र जस्ता नीतिहरु छैनन मात्र होईन वनाउन पनि चाहाँदैनन । विकास , संम्बृद्धि, समानता र वैश्वीक पहिचान यिनीहरुको एजेण्डामानै पर्दैनन । यसरी पञ्चहरु ‘कु’ लिगेशी वोकेको राप्रपा केही गुलिया नाराहरु लिई नेपाली सोझा जनताहरु झुक्यई चुनावको माध्यमबाट सत्ताशीन हुने दिवास्वप्नमा लागि रहेका छन । यि हरियो घाँसमा लुकेका बिषधारी हरिया सर्पहुन । यिनको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, उदारवाद, जस्तो नाराहरु केवल देखाउने दाँतहरु मात्र हुन ।

वस्तविकतामा यि स्वतन्त्र नेपाली राजनीतिक दलहरु र नेपालको वैश्वीक पहिचान हटाएर नेपाललाई पुरानो आफू अनुकुलको अवस्थामा फर्काई राक्षशी साम्राज्य चाउन आएका हुन भन्ने कुरा बुझ्न जरुरी भैसकेको छ । त्यसैले नेपाली जनताहरुले राप्रपा तथा यसका नेताहरुलाई आगामी आम चुनावमा लज्जापूर्ण रुपमा पराजित गरि सदा सदाको लागि नेपाली राजनीतिवाट अपमान पूर्वक विदा गरि यिनीहरुको कुकृत्यहरुको भण्डाफो गर्दै कानूनी सजाय दिनु पर्दछ । सवैमा चेतना भया ।

लेखक अर्थशास्त्री तथा राप्रपाका पूर्व केन्द्रीय सदस्य हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी