काठमाडौं, २६ साउन । काठमाडौंको माइतीघरमा वन नियमावली २०७९ खारेजीको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ ।
उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो । वन ऐन २०७६ ले दिएको अधिकार वन नियमावली २०७९ ले खोसेको उनीहरुको आरोप छ ।
‘वन नीतिविपरितको वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर, संघीयताविपरीत वन नियमावली खारेज गर, महिला विरोधी वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाउन खोजिएको तेहोरो कर खारेज गर,’ जस्ता नाराहरू लगाउँदै माइतीघरबाट निकालेको र्याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline