साउन २४ काठमाण्डौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं एक दर्जन बढी गाडीमा तोडफोड भएको छ । मध्यरातमा तोडफोड भएको छ । तोडफोड कसले र किन गर्यो भन्ने एकीन प्रहरीले गरिसकेको छैन । एक दर्जन बढी फोहोर बोक्ने गाडी, २ वटा फोहोर ब्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरमा तोडफोड भएको जानकारी पाएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।
सोमबार दिउँसो धुनवेशी गाउँपालिकाका स्थानीयले सडक मर्मत हुनपर्ने भन्दै आन्दोलन गरेका थिए। महानगरपालिकाले बल प्रयोग गरेर बञ्चरेडाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline