राप्रपाको राष्ट्रवाद तथा भ्रष्टाचार विरोधको खोक्रो उद्घोष

राप्रपाको राष्ट्रवाद तथा भ्रष्टाचार विरोधको खोक्रो उद्घोष

  • सोमवार, साउन २३, २०७९
  • –पुस्कर कुमार अधिकारी

  • 14.7K
    SHARES

हो ३० सौँ बर्षसम्म सारा न्यायपालिका, व्यवस्थापिका, र कार्यपालिकाको शक्ति एकलौटी चलाएर, एकैव्यक्तिमा सिमित सार्बभौमिकता राजतन्त्रको नाममा चलाएर एउटा धर्मलाई पेवा वनाएर अर्थात हिन्दू धर्मको नाममा राज्य चलाएर एउटा खास वर्ग र क्षेत्रका जनतामा हाली मुहली गरेर पञ्चेहरुले देश र राष्ट्रीयता वेचेर खाएकै हुन । अन्य वर्गलाई पेलेर एकलौटी नारा एक देश, एक भेष ,एक धर्मलाई राष्ट्रवादको परिभाषा बनाएर सामन्तवादी र वंशवादी तानाशाही व्यवस्थानै राष्ट्रवाद हो भनेर परिभाषित गरि लाखौँ भिभिन्न जात जातीहरुको पहिचान नै मेटाई पञ्चहरुले आफ्नो स्वार्थमा देशलाई चलाएकै हुन । यिनैले संसार प्रगतिको बाटोमा अघि बढीरहँदा नेपाललाई भने गरिव र तन्नम राष्ट्रको रुपमा राखिरनमात्र होइन देशलाई कहिल्यै उठ्न नसक्ने गरि आर्थिक धरातलनै ध्वस्त बनएकै हुन । लामो समय सम्म यिनीहरुले नेपाली जनताको रगत चुसिरहे र पनि आफ्ना कुकृत्यलाई राष्ट्रबाद भनि भ्रमपूर्ण विचार समाजमा छरिरहेका थिए भने अहिले पनि यिनीहरुले जनतालाई मूर्ख बनाएर सत्तामा हाली मुहाली गर्न ताउर माउर गरिरहेका छन ।

यी रक्त पिपासु पञ्चेहरुले देशलाई आर्थिक रुपमा शोाषण गरेको मात्र होईन यिनीहरुले राष्ट्रवादको खोक्रो नारा छर्दै देशको भौगालिक अखण्डतामात्र होईन, आर्थिक, सामाजिक,शैक्षिक,संप्रभुता पनि विदेशी मालिकहरुलाई बेचरहेको कुराको स्वाद अहिले पनि लिन खोजि रहेका छन । नेपालमा प्रजातन्त्रको पुनस्थापना पछि स्थानीय शिक्षा पद्धती, वैचारिक स्वतन्त्रता झल्काउने व्यवहारकता तथा वैश्वीक शैक्षिक परिवेशमा खरो उत्रन सक्ने गरि चलिरहेको शिक्षा पद्धतीलाई यी पञ्चहरुले २०२८ सालमा षढयन्त्र मूलक ढंगले पश्चिमा साम्राज्यवादीहरुको संस्कृतिलाई फैलाउने उदेश्यले डिजाइन गरिएको नायँ शिक्षा नीति ल्याई नेपालको धर्म, संस्कृति, भूगोल, नैतिकता, राष्ट्रप्रेम विर्शाउने राष्ट्रघाती नयाँ शिक्षा प्रणाली लागू गरे । वास्तवमा यो प्रणालीमा लगेर नेपालको जनशक्तिलाई वेकम्मा बनाउन यिनीहरुले ठूलो रकम घुसको रुपमा खाएकै हुन । जस्ले गर्दा आज देश खाडी र पश्चिमा मूलुकहरुको लाागि लेवर मात्र जन्माउने थलोको रुपमा विकसित भएको छ ।

यि पञ्चहरुले उत्तरी सीमामा रहेका १७ ठाउँको भारतीय चौकीहरु नेपालबाट हटायौँ भनेर जतिसुकै फलाके पनि भारतसंग ठूलो रकम लेनदेन गरेर कालापानीमा एउटा भारतीय सैनिक चौकी राख्न दिई कालापानी, लिपुलेक र लिम्पियाधुराको करिव करिव ३३८ वर्ग किलो मिटर भूभाग भारतलाई सुम्पेको मात्र होईन २०३२ सालमा नेपालको चुच्चे नक्सालाई बुच्चो पारी सदा सदाको लागि लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतलाई बुझाकै हुन । आज आएर यिनै राष्ट्रघाती पञ्चेहरुलको पार्टी राप्रपा हौ हामी सवभन्दा राष्ट्रवादी पार्टी हौ भनि लज्जा विहीन भएर कुर्लीरहेका छन । तर वास्तविकता के हो भने यी भन्दा राष्ट्रघाती अरु कुनै हुनै सक्दैनन । किनभने यि वाहेक अरु कुनै नेता वा दलहरुले देशको भूभाग गुमाउने र खुम्च्याउने काम गरेका छैनन ।

अरुकुरा त के गर्नु २०४६ साल पछि भएको भारतसंगको महाकाली सन्धि गर्ने समयमा यही पार्टीका मुर्धन्य नेताहरु जलश्रोत मन्त्रि र परराष्ट्र मन्त्रि थिए । यही दुइजना राप्रपाका राष्ट्रघाती नेताहरुको पहलमा नै माहाकाली सन्धि भएको थियो । यो सन्धिमा घोर राष्ट्रघात भएको छ र यो संधि नै ठूलो राष्ट्रघाती संधि थियो । तर आज राप्रपा निर्लज्ज रुपमा आफू राष्ट्रवादी पार्टी भएको उद्घोष गरिरहनुलाई के भने ? के हामी देशभक्तहरुले सहन सक्ने कुरा हो र ?

विगत पञ्चकालको राप्रपा र यसका नेताहरुको विगत सारै नै राष्ट्रघातपूर्ण थियो । यिनीहरुले नेपालका परम्परागत व्यापारी जाती नेवारहरुलाई विस्तारै विस्तारै व्यापारबाट विस्थापित गर्न लाईसेन राज खडा गरेर भारतीय मूलका व्यापारीहरुलाई व्यापार सुम्पेका हुन । यसर भारतीयलाई ठूलो सुविधा दिई नेपालको राष्ट्रीय व्यापार संजालबाट नेवारी समूदायलाई हटाएर देशको अर्थतन्त्र धाराशायी बनाएकै हुन । त्यतिमात्र कहाँ हो र भारतीयको सुविधाको लागि एन.आई.डि.सि. भन्ने संस्था खडा गरि भारतीय मूलका व्यापारिहरुलाई मात्र सहुलियत कर्जा दिने अरु नेवार व्यापारिहरुलाई कर्जा नै नदिने नीति ल्याई नेपालको संपूर्ण व्याार भारतीय मूलका व्यापारिहरुको हातमा पु¥याएका हुन । यी भारतीय मूलका व्यापारिहरु आफूले नोपलमा आर्जन गरेको संपत्ति नेपालमा नराखी भारतमै लैजाने गर्दछन । जस्ले गर्दा नेपाल आज तन्नम र गरिव राष्ट्रको रुपमा परिवर्तीत भएको छ । यो ठूलो र अक्षम्य आर्थिक राष्ट्रद्रोह यिनै पञ्चेहरुले आफ्नो कुत्सित आर्थिक स्वार्थको लागि गरेका हुन । तर विधिको विडम्वना अझै राप्रपा र यसका नेताहरु आफूलाई राष्ट्रवादी हौँ भन्दै भ्रम छरिरहेका छन । तर वास्तविकता के हो भने यिनीहरु सवभन्दा ठूला राष्ट्रघाती हुन । किनकी यिनीहरुले नेपालको अर्थतन्त्रलाई स्वदेशी नेवार व्यापारिको हातवबाट भारतीय मूलका व्याापारिहरको हातमा सुम्पेर नेपाललाई परानिर्भर बनाएर पञ्चमण्डली भने मालामाल हुन पुगेका हुन ।

यिनीहरुले गरेको अपराधको फेहरिस्त लामो छ । नेपालको पौराणिक र पुरातात्विक भक्तपुर जस्ता सहरहरु र चाँगुनारायण जस्ता मन्दिरहरुको जिर्णोद्दार र मर्मत गर्ने भनेर विदेशी दता र दलालहरुलाई वोलाई देका धार्मिक, सास्कृतिक र सामाजिक महत्व बोकेका मूर्ति, थान्का, पौवा चित्र, झ्याल, टुँडालहरु तथा लिखित ग्रन्थहरु ठूलो रकमलिई विदेशीहरुलाई वेची नेपालको अस्मिता बिरुद्ध ठूले राष्ट्रघात गरेका छन । तैपनी यी पञ्चे र यिनीहरुको पार्टी आफूलाई राष्ट्रवादी पार्टी हो भनि जनतालाई भ्रम छरिरहेको छ । यतिमात्र नभएर नदी र खोला नालाको वगिरहेको र अपार जलशक्तिको भण्डार रहेको देशमा वगिरहेको नदिवाट विजुली उत्पादन गर्दा कम खर्चिलो हुने अवस्था हुँदा हुँदै अत्यन्त महगो लगानीमा नदिनै नभएको ठाउँ छानेर आफ्नो आर्थिक स्वार्थको लागि खोल्सा खोल्सीको पानी जम्मा गरेर कुलेखानी जस्तो विद्युत उतदन केन्द्र वनाएर विद्युत गृह निर्माणको नाममा यिनीहरुले अकुत सम्पती आर्जन गरेको कुरा छिपेको छैन । यसैले यो परियोजनाले नै पञ्चेहरुले गरेको भ्रष्टाचारको घिनलाग्दो उदाहरण प्रस्तुत गरिरहेको छ । यो भन्दा ठूलो विडम्वना के हुन सक्छ र ?

नेपाली जनता यिनीहरुसंग अब सचेत वन्नु यी राष्ट्रघातीहरुलाई वहिस्कार गर्नु जरुरी छ । त्यस्तै प्रकारले भ्रष्टाचार र राष्ट्रघात यी पञ्चेहरु जो आज छेपारो झैँ रंग वदलेर राप्रपा भएका छन । यीनको डि.एन.ए. मा नै छ कार्पेट काण्ड, छाला काण्ड, सर्पको छाला काण्ड, चरेश काण्ड, मूर्तिको चोरी तस्करी काण्ड यिनीहरुले के मात्रै गरेनन । यतिमात्र कहाँ हो र यिनीहरुले नेपालको कमसल सामान तस्करी गरेर अन्तर्राष्ट्रिय रुपमा वेइज्जत समेत गरेका छन । यस्तो व्यवहारवाट नेपालका इमान्दार व्यापारी र उद्यमीहरुले आफ्नो गुणस्तरीय उत्पादन पस्विना, कार्पेट, तयारी पोशाक लगायतका सामान विदेशमा विक्रि नै नहुने गरि उद्योग व्यवसाय ध्वस्त बनाएर लाखौ युवाहरु वेरोजगार बन्ने अवस्थामा पु¥याएका हुन । अरुकुरा त के गर्नु यो देशमा नमिता, सुनिता जस्ता होनाहार युवतिहरुलाई वलात्कार तथा हत्या जस्तो घृणित काम गर्ने वलात्कारी पनि यीनै पञ्चहरु हुन र आजको राप्रपाले त्यही वलाात्कारिहरुको लिगेसी बोलेर राष्ट्रवादीको विल्ला लाउन खोजिरहेकोछ । यस्ता पञ्चमण्डलीको आज भ्रष्टाचार तथा महंगी, हिंसा विरुद्धको उद्घोष सुन्दा नेपाली जनताहरुलाई लाज लाग्ने गर्दछ । यसैले यी पूर्वपञ्च संम्मिलित राप्रपालाई आगामी निर्वाचानमा पराजित गरि धुलिसात पार्न जरुरी छ ।

स्वतन्त्रता र समानताको लागि आन्दोलन गर्ने हजारौँ विर नेपालीहरुको हत्याले यि रत्तपिपासु पञ्चेहरुको हात रक्तरंजित छ । यि सामन्तिहरु राष्ट्रघाती मात्र हाईनन मानवता विरोधी हत्यााहरु हुन । पूर्ण रुपमा यिनीहरु र यिनको पार्टी राप्रपालाई नेपाली जनताले आगामी निर्वाचनमा दण्ड दिनु ने नेपाली मतदाताहरुको धर्म हो ।

इतिहासका धेरै कुरा गरियो अब बर्तमानका कुरा गरौँ । भर्खरै सरकारले नागरिकता विधेयक संसदवाट पास ग¥यो । सारा नेपालीहरुले ठूलो बिरोध जनाए । तर राप्रपा जस्तो आफूलाई राष्ट्रवादी पार्टी भन्नेले यो विधेयकको विरोमा एउटा ¥यालीमात्र होईन सामान्य कोणसभा सम्म पनि नगरेर आफू भारतीय विस्तारवादको दलाल भएको प्रमाणित गरेको होर्ईन । यसरी भारतीय सत्ताधारि दल विजेपीलाई खुशी बनाई आफ्नो आर्थिक भण्डार भर्न तल्लिन राप्रपा सोझो अर्थमा राष्ट्रघाती भएको प्रमाणित भएको छ । तैपनि यो दल र यसका नेताहरु आफू र आफ्नो पार्टी राष्ट्र«वादी पार्टी हो भनि जनताको संवेदनशीलता र राष्ट्रवादीहरुको मन मस्तिस्कमा खेली सत्तामा गएर तर मार्ने र नेपाललाई वैदिक सनातन राष्ट्र होईन की भारतीय जनता पार्टीको एजेण्डा हिन्दू राष्ट्र कायम गरि नोललाई सजिलै भारतसंग मिलाउने षढयन्त्रको गोटी वनिहेका छन ।

संक्षेपमा भन्नुपर्दा राप्रपा र यसका नेताहरुले भौगोलिक, संस्कृतिक, शैक्षिक, र आर्थिक राष्ट्रघात गरेका छन । यिनीहरुले नेपालमाथि गरेको राष्ट्रघात अक्षम्य छ । यसर्थ यिनीहरु राप्रपा गठन गरि फेरी पुरानै व्यवस्था फर्काइ सत्तामा पुगेर आफूले हाली मुहाली गरि देश लुट्न आएका हुन । यिनीहरुसंग कुनै आर्थिक, राजनीतिक र सामाजिक नीति छैन । यो एउटा अयोग्य, राष्ट्रघात, वलात्कारी, सामन्ती र हत्याराहरुको झुण्डमात्र हो । त्यसैले अव आउँदो आम चुनावमा यस पार्टी र यसका नेताहरुलाई पूर्ण रुपमा पराजित गरि नेपाली राजनीतिको दृश्य पटलबाट सदाको लागि यिनीहरुलाई पन्छाएर यिनीहरुले गरेको राष्ट्रघात, वलात्कार र भ्रष्टाचार जस्ता अपराधको दण्ड दिनु पर्दछ । सबैलाई चेतना भया ।

लेखक अधिकारी अर्थशास्त्री तथा राप्रपाका पूर्व केन्द्रीय सदस्य हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी