बढ्दै कोरोना ग्राफ , आज एकै दिन ९३४ संक्रमित

बढ्दै कोरोना ग्राफ , आज एकै दिन ९३४ संक्रमित

  • सोमवार, साउन २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

साउन २३ काठमाडौं । देशभर निरन्तर कोरोना संक्रमणको ग्राफ बढीरहेको छ । पछिल्लो समय दिनहुँ संक्रमित हुने दर बढ्न थालेको हो ।
आज २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ८ सय ६२ जनाको पीसीआर र २ हजार ४ सय ८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४ सय ७० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ