अब अन्तिम हो भन्दै फेरी प्रधानमन्त्री बन्ने दौडमा देउवा, प्रचण्ड ओली !

अब अन्तिम हो भन्दै फेरी प्रधानमन्त्री बन्ने दौडमा देउवा, प्रचण्ड ओली !

  • शुक्रबार, साउन २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

साउन २० काठमाण्डौँ । अब बुढा नेताहरुलाई विश्राम दिनु पर्छ भन्ने आवाज पार्टी बाहिर र भित्रै पनि उठ्न शुरु गरिसकेको छ । खास गरी काठमाण्डौँ, धरान लगायतका ठाँउमा स्वतन्त्र उम्मेद्धारले चुनाव जितेपछि त यो लहर चलेको छ र केही नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेद्धार बन्ने लहर पनि देखिन्छ ।
यही पृष्टभूमिमा प्रमुख दलका प्रमुख नेताहरु आगामी मंसीर ४ मा हुने चुनावलाई उपयोग गरेर जीवनको अन्तिम पटक प्रधानमन्त्री हुने कसरतमा लागेका छन् ।

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले यस अघि पनि महाधिवेशनका बेला मेरो अन्तिम कार्यकाल हो भन्दै मत मागेका थिए र जिते पनि । उनैले अब निर्वाचन गराएपछि अन्तिम कार्यकालका लागि प्रधानमन्त्री बन्ने सोच बनाईरहेको काँग्रेस भित्रका जानकारहरुको बुझाई छ । त्यसो त काँग्रेस भित्र अब गगन थापाले आफूलाई प्रधानमन्त्रीमा मौका दिन भन्दै सार्वजनिक रुपमै बोल्न थालिसकेका छन् उनले प्रधानमन्त्री बन्न चाहे आफूले सहयोग गर्ने अर्का महामन्त्री विश्व प्रकाश शर्माले बताउने गरेका छन् ।

तर पनि यो गठबन्धन यथावत राखेर चुनाव पछि माओवादी अध्यक्ष प्रचण्डसँग आलो पालो गरेर भए पनि अझै एक कार्यकाल प्रधानमन्त्री हुने सोचमा देउवा रहेको उनी निकट स्रोतको दावी छ ।

त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले पनि अब अन्तिम पटक प्रधानमन्त्री हुने र देशले सम्झनलायक काम गर्ने भन्दै प्रधानमन्त्री हुने चाहना राखिरहेका छन् । उनले गठबन्धनका शीर्ष नेताहरुलाई त्यो संकेत गरिरहेका छन् । संभवत आगामी निर्वाचनपछि पनि तेस्रो हैसियतमै पार्टी रह्यो भने पनि काँग्रेसको समर्थनमा आधा कार्यकालका लागि भए पनि प्रधानमन्त्री बन्ने दौडमा प्रचण्ड रहेको बुझाई माओवादी र काँग्रेस दुवै वृतमा छ ।

यता एमाले अध्यक्ष केपी शर्मा ओली पनि अब अन्तिम कार्यकालकै लागि प्रधानमन्त्री हुने मुडमा छन् । एमालेले आगामी निर्वाचनमा गठबन्धनलाई पराजीत गरेर सबै भन्दा ठूलो दल हुने दावी गर्दै आएको छ । पाँच दलीय गठबन्धन यथावत रहे साना कम्युनिष्टहरु, राप्रपा, लोसपा लगायतकासँग एमालेले गठबन्धन बनाउने देखिन्छ । जुन स्थानीय तहको निर्वाचनमा पनि अभ्यास भएको थियो ।

सबै भन्दा ठूलो दल एमाले हुन सके संसदीय प्रकृया अनुसार ठूलो दलको हैसियतमा सरकार बनाउने अवसर प्राप्त हुने र ओली अन्तिम कार्यकालका लागि प्रधानमन्त्री बन्ने ओली निकट स्रोतको बुझाई छ ।

यस बीचमा पाँच दलीय गठबन्धन फुटाउन पनि एमाले लागि परिरहेको छ । एमाले अध्यक्ष ओलीले अघिल्लो कार्यकालमा पनि अब प्रधानमन्त्री पनि नहुने पार्टी अध्यक्ष पनि नहुने भन्ने गरेका थिए । तर नेकपा विभाजनपछि उनी फेरी प्रधानमन्त्रीबाट हट्न बाध्य भएकाले उनी अन्तिम ईनिगंको तयारीमा लागेका हुन् ।

यी तिनै जना मध्य गठबन्धनको आकार र स्तर एवं चुनावी परिणामको गणितले अब उनीहरुको भविष्य तय गर्ने देखिन्छ । जसका लागि कम्तीमा अब ११० दिन भन्दा बढी गणितको लेखाजोखाका लागि कुर्नु पर्ने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी