सप्तकोशी बाढीबाट विस्थापितहरुलाई सामुदायिक वन र विद्यालयको भवनमा सारियो (तस्वीरहरु )

सप्तकोशी बाढीबाट विस्थापितहरुलाई सामुदायिक वन र विद्यालयको भवनमा सारियो (तस्वीरहरु )

  • बुधबार, साउन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बिराटनगर, श्रावण १८ गते । उदयपुरको बेलका नगरपालिका-८ डुब्रिबोटेमा सप्तकोशी नदीले आज बिहान ४ बजे देखि बाँध कटान गरी सिसौली बस्तिमा पानी पसी डुबान शुरु भए पश्चात उक्त स्थानमा खटिएका नेपाल प्रहरी लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुवानमा परेका स्थानीय वासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राख्दै आईरहेको छ । डुवानबाट प्रभावित स्थानीय वासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।
सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका-८ को सिसौली बस्ति र बेलाका नगरपालिका-३ को भाटेपुल बस्तिमा बाढी पसी डुवानबाट प्रभावित भएका ९ सय घर परिवारलाई बेलका नगरपालिका-९ स्थित रहेको डुँडखोला सामुदायिक भवन र सामुदायिक बिध्यालयको भवनमा तथा अन्य सुरक्षित स्थानहरुमा स्थानान्तरण गर्ने कार्य भईरहेको छ ।

डुवान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पुर्वधार बिकाश मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्वर बाहिनि इटहरीका प्रमुख सेनानि, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी समेतले स्थलगत अवलोकन गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी