नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • बुधबार, साउन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

चितवन, १८ असार ।

नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो जाँदा सयौं सवारी साधान रोकिन पुगेका छन् ।

भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति पुनस् पहिरो खसेपछि पुर्व पश्चिमतर्फ लागेका सयौं सवारी साधान रोकिन पुगेका हुन ।

पहिरोस्थललगायत आसापासमा रहेका प्रहरीले बस्ति भएको ठाउँमा सवारी साधान पार्किङ गर्न अनुरोध गरेको छ । यात्रुहरुलाई खानपिन, शौंचलगायतमा समस्या नहोस भनेर प्रहरीले सवारी चालकलगायतसँग अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बुधवार राति साढे २ बजेतिर मौरी खोला पुलमा फेरी पहिरो गएकाले पन्छाउने कार्य भने जारी राखिएको छ । उनका अनुसार सोमबार राति ११ बजे पनि पहिरो खसे पछि २३ घण्टा पछि मंगलबार राति पौने १० बजे उक्त पहिरो सफा गरेर सवारी खुलाइएको थियो । तर, लगत्तै बुधवार राती पनि सोही ठाउँमा पहिरो गएका कारण सयौं सवारी साधान रोकिन पुगेका छन ।

बुधवार राती खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति भए पनि थप धनजनको भने क्षति हुन पुगेको छैन ।

पहिरोका कारण बाटोमा सोमबार रातिदेखि कै सयौं सवारीहरू अलपत्र अवस्थामा रहेका छन भने पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारीहरु बस्ती भएको छेउछाउमै रोक्नका लागि माइकिङ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी