डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा

डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा

  • मङ्लबार, साउन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, १७ साउन ।

डा।आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको हो ।

काठमाडौंकी डा।आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी मोनालिसा पराजुली, बुटबलकी रेनुका चौधरी, झापाकी दिक्षा खाती, मंगलबजारकी प्रतिभा महर्जन, क्यानाडाकी सामना कार्की, अष्ट्रेलियाकी विपना अधिकारी, वर्दियाकी मोनिका चौधरी, धुम्बाराहीकी सोफिया भुजेल, चितवनकी प्रियांशु महत, काठमाडौंकी आकृति मानन्धर, बुटबल, अनु अनमोल क्षेत्री, अष्ट्रेलिया आश्मा केसी तथा बागबजारकी सेफिना जोशी अन्तिम चरणका लागि छनोट भएका छन् ।

सूचीअनुसार २० जना प्रतिस्पर्धीमध्ये चिकित्सा क्षेत्रबाट आयोष्नोभा एकजनामात्र छनोट भएकी छिन् । मिस यूनिभर्स नेपालकी नेसनल डाइरेक्टर नगमा श्रेष्ठका अनुसार क्वाटरफाइनलका लागि छनोट भएका प्रतिस्पर्धीहरुलाई तीनवटा टास्क दिइएको थियो । त्यसँगै भोटिङ राउन्ड पनि खुला गरिएको थियो । तीनवटै टास्कका लागि निर्णायक पनि थिए ।

निर्णायक र भोटिङबाट आएको मतबाट पनि उत्कृष्ट २० को छनोट गरिएको हो । उत्कृष्ट २० मा छनोट भएका प्रतिस्पर्धीहरुलाई १० दिनसम्म क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपछि आगामी ९ भदौमा आयोजना गरिने ग्रान्ड फिनालेमार्फत मिस युनिभर्स नेपाल २०२२ को छनोट गरिने छ । प्रतियोगिताको पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धी चयन भएका छन्। उनीहरू सबै अनलाइन अडिसनबाट चयन भएका हुन्।

आयुष्नोभाले गत वर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी छन्। बंगलादेशबाट पढाइ सकेर नेपाल फर्किएकी डा। आयुष्नोभा अहिले नेपालमै विरामीको सेवा गरिरहेकी छन्। छालारोगसम्बन्धी सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन्। छाला झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफू छाला रोगको चिकित्सक बनेको उनको भनाइ छ।

यसपटक आफू सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा भिडिरहेको उनको भनाइ छ । डाक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्ने आफू लक्ष्य भएको उनले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी