नक्कली कागजात बनाएर नेपाली नागरिकता लिईएकी भारतीय महिलाको नागरिकता खारेजीको तयारी, छानविन शुरु

नक्कली कागजात बनाएर नेपाली नागरिकता लिईएकी भारतीय महिलाको नागरिकता खारेजीको तयारी, छानविन शुरु

  • सोमवार, साउन १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

साउन १६ काठमाण्डौँ । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ ।

वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट ३३ -०२-०७९-००५१३ नंको नागरिकता लिएको देखिएको छ ।

सो घटनाबारे छानबिन थालिएको छ । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

राईको जन्म मिति २०५८-११-१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९-०२-२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ । झुटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ–१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ ।

रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ । उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुबाको नाम किशोर राई जन्म तारिख १९८९-०३-२४ रहेको छ । त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई सिङ्गर र पति छेडुप सिङ्गरसमेत लेखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी