झापा, श्रावण १६ गते । झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५० बर्षीया जेगुन खातुन रहेकी छन् ।
खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आईतवार राती सवा १० बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline