विदेशी भित्राउन भ्रमण वर्षको अवधारणाले सफलता पाउला ?

विदेशी भित्राउन भ्रमण वर्षको अवधारणाले सफलता पाउला ?

  • शनिबार, साउन १४, २०७९
  • अनुसा थापा

  • 6.2K
    SHARES

संस्कृति, नागरिक तथा पर्यटन उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०२३–२०३३ सम्म भ्रमण वर्ष मनाउने घोषणा गरेका छन् । यसका लागि उनले ७३ बुँदे कार्यविधि समेत सार्वजनिक गरिसकेको छ । तर, उनले बनाएको कार्यविधिले पर्यटन तान्न सक्ला त ? किन कि विदेशी हरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरु ठगिन थाल्छन् । एयरपोर्टमा सञ्चालित हरियो प्लेटको ट्याक्सीले विदेशी भन्ने बित्तिकै ठमेल पुर्याएको पाँच हजार असुल्छन् ।
तर, मिटरमा जाने हो भने पाँच सय रुपैंया तिरे पुग्ने बाटो छ । होटल व्यवसायीले समेत विदेशीलाई हेरिहेरि रकम धुत्ने गरेका छन् । होटल हेरेर खाएको र बसेको पाँचदेखि बीस हजारसम्म लिने गरिएको छ । यता, विदेशी घुमाउने नेपाली गाइडले पनि लुट्नु लुट्छन् । विदेशीहरु सार्वजनिक बस चढ्दैनन्, मिटरजडित ट्याक्सी चढ्छन् । कालो प्लेटको ट्याक्सीले हजारको बाटोमा पाँच हजार ठोकिहाल्छ । सामान्य माला बेच्नेबाट पनि उनीहरु ठगिएका छन् ।
विदेशी ठग्ने व्यवसायीलाई कारबाही गर्नुको साटो पर्यटनमन्त्री श्रेष्ठ भ्रमण वर्ष मनाउन लागिपरेका छन् । बेतिथि हट्यो भने विदेशी आफै ओइरिहाल्छन् । पर्यटनमन्त्री आफै पनि व्यापारीको झोला बोकेर हिँडेको पाइन्छ । सर्वप्रथम विदेशी लुट्ने हरेक व्यवसायीलाई कारबाही हुनुपर्छ । जरिवाना गरिनुपर्छ । राम्रो र गुणस्तरीय वातावरणको प्रबन्ध मिलाउनुपर्छ । यसो गर्यो भने विदेशी तान्नका लागि छुट्टै कार्यविधि बनाउनैपर्दैन् । अहिले सरकारले एक विदेशी एक नेपाली भन्ने अवधारणा अघि सारेको छ ।
नेपालमा भएको मँहगी र ठगीले गर्दा विदेशीहरु भीसा छोट्याएर धमाधम आफ्नो मुलुक फर्किन्छन् । भीसा बाँकी भएपनि उनीहरु आफ्नै मुलुक फर्किन चाहन्छन् । होटलमा बस्छन्, खान्छन् तर त्यो सरकारले तोकेको होइन् । होटल व्यवसायी आफैले मनलाग्दी रेट तोकेका छन् । खानेकुरा गुणस्तरीय छ कि छैन् ? यता, उनीहरु सुत्ने ओछ्यान कस्तो छ ? यसको पनि निरीक्षण हुनुपर्यो । सरकार अनुगमन नगर्ने अनि विदेशी बोलाई बोलाई ठग्न दिने ?
सरकारले खानेकुराको रेट तोकिदिने मँहगा होटलमा गएर नेपालीले खान्छन् । ओछ्यानको रेट पनि सरकारले तोकिदिनुपर्यो । यस्तो भयो भने विदेशीको खोजीमा हिड्नैपर्दैन् । मँहगो हुन्छ भनेर नेपालीहरु पाँच तारे होटलमा जादैनन् । विदेशी नेपालमा आँउदैन् । अनि यिनीहरु धरासायी नबने को बन्छ ? पहिले नेपालीलाई प्राथमिकतामा राख्नुपर्यो । आफ्नै मुलुकका जनतालाई नगन्ने अनि विदेशीको खोजीमा हिड्ने । हिजोको दिनमा सबैभन्दा धेरै नाफा हुने क्षेत्र होटलमै थियो ।
बैंक फाइनेन्सबाट लोन लिएर अर्बौं लगानीमा खुलेका होटल छन्, यहाँ । तर, अहिले विदेशी आएनन्, हाम्रो व्यवसायी डुब्ने भनेर सरकार गुहारिरहेका छन् । सरकारले बैंकबाट कर्जा लिएर त्यत्रो होटल खोल्न कर लगाएको थियो ? सरकारलाई आरोप लगाएर आफू पन्छिन मिल्छ ? अर्को प्रमुख समस्या हो यातायातको असुविधा । उपत्यका बाहिर ढंगको सवारी साधन नहुँदा टाँगा, रिक्सामा यात्रा गर्नुपर्ने बाध्यता छ । राजधानीबाहेक अन्य जिल्लामा ट्याक्सी पनि पाइदैन् । अनि विदेशीलाई अर्को सास्ती ।
अर्कोतिर, घुम्न जाने क्रममा कति विदेशी नागरिकको अकालमा ज्यान समेत गुमेको छ । गाइडहरुले जोखिमपूर्ण ठाँउमा यात्रा गराउदा उनीहरु भीरबाट खसेर मरेका छन् । कतिपय अझै पनि बेपत्ता छन् । विदेशीहरु नेपालमा मर्न आएको कि घुम्न ? त्यत्रो खर्च गरेर नेपाल आएका विदेशीको ज्यानको सुरक्षा गर्न सरकार चुकेको छ । विदेशीहरु मठमन्दिरमा दर्शन गर्न पुग्छन् त्यही माग्नेहरुले धुरुक्कै रुवाउछन् । बजार निस्किँदा पनि उनीहरुको हाल बेहाल छ ।
नेपाल त माग्नेको देश हो भन्ने छाप हरेक देशका नागरिकलाई परिसकेको छ । उपत्यका होस् या बाहिर सडकभरि फोहोर छ । सबैतिर घनाबस्ती ह्वात्तै बढेको छ । जसका कारण फोहोर व्यवस्थापनमा चुनौती खडा भएको छ । काठमाडौं मात्र नभई अन्य क्षेत्रमा पनि फोहोर व्यवस्थापन गर्न निकै सकस पुगिरहेको छ । अब यो फोहोर कहाँ लगेर यवस्थापन गर्ने भन्ने समस्या जाइलागेको छ । सडकमा फोहोर हेरेर नेपालीलाई त हिड्न गाह्रो परिरहेको बेला विदेशीहरु आउलान ?
फोहोर प्रर्दशन गर्न विदेशीलाई नेपाल ल्याउने ? नेपाली आफै त सहन नसक्ने भइसकेका छन् । त्यस्तो सफा मुलुकका नागरिक यहाँ बस्न सक्छन् जस्तो लाग्छ सरकारलाई ? प्रदुषण हेर्यो भने त्यस्तै छ । श्वास फेर्नसमेत ग्राहो पर्न थालेको छ । अनि विदेशी ल्याएर नेपालमा कसरी राख्ने ? तराईभन्दा बढी गर्मी काठमाडौं भइसकेको छ । सवारी साधनको धुलो त्यस्तै छ । सडकभरि धुलो र हिलोबाहेक केही देखिदैन । स्वदेशी त एक ठाँउबाट अर्को ठाँउमा गएर बस्न सक्ने स्थिति छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी