गंभीर अपराधः नक्कली विवाह गरेर बीमा अढाई करोड बीमा दावी गर्न हत्या

गंभीर अपराधः नक्कली विवाह गरेर बीमा अढाई करोड बीमा दावी गर्न हत्या

  • शुक्रबार, साउन १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

साउन १३ काठमाण्डौँ । षड्यन्त्रमुलक तरीकाबाट बीमाको २ करोड ५० लाख हत्याउन एक गिरोहले नक्कली विवाहदेखि हत्या सम्म गरेको खुलेको छ ।

बिमा कम्पनीबाट भुक्तानी लिन दुई जनाको विवाह गराइएको र श्रीमान्‌लाई योजनाबद्ध रूपमा दुर्घटनामा मारिएको तथ्य सिआईबीले गंभीर अनुसन्धानपछि पत्ता लगाउन सफल भएको हो ।

२०७८ साल वैशाख २ गते भे १ ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु भएको थियो । टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । टिपरमा बालुवा लोडको काम सकी सर्जन राति ११ बजे भे १० प १७२७ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा ठक्कर दिईएको थियो ।
०७८ माघ २५ गते अदालतले चालक रानालाई ३० दिन कैद तोकेको थियो ।

सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो । मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् ।

नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो । रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो ।

दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भएकी थिईनन् । त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । यसैमा टेकेर प्रहरीले अनुसन्धानलाई गंभीरताका साथ अघि बढाएको थियो ।
जहाँ श्रीमान् श्रीमतीको नाता कायम गरी अढाई करोड बुझिएको छ उनीहरुबीच नै लामो समयदेखि सम्पर्क नरहेको समेत प्रहरीले पत्ता लगायो ।

२०७७ साल फागुन २८ गते उनीहरू विवाह दर्ताका लागि गए पनि सर्जनको उमेर नपुगेका कारण त्यसै फर्किएका थिए । त्यही दिन नै सर्जन र सपनाको पहिलो पटक भेट भएको पनि अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको केही दिनपछि चैत २ गते विवाह दर्ता भएको देखिएको छ । विवाह दर्ता गरेको दिनदेखि उनीहरुको भेटघाट थिएन ।

यस घटनामा सपना र अन्यमा स्याङ्जाका सञ्जीव अर्याल, बाँकेका सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटासमेतको संलग्नता देखिएको पाईएको छ । सपना मल्लको खातामा आएको २ करोड ५० लाख यही गिरोहले बाँडफाँट गरेको थियो । उक्त रकममध्ये सञ्जीपले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार र सपनाले ८६ लाख ८९ हजार लिएको अनुसन्धानमा प्रहरीले भेटेको छ ।

सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गराएका थिए । सामान्य मजदुरी गर्ने सर्जनको पेसा र वार्षिक आयको रकमले बिमाको वार्षिक शुल्क ५ लाख ४० हजार तिर्न नसक्ने देखिएको र केवाईसीमा पनि वार्षिक आम्दानी २ लाख स्वघोषणा गरेको प्रहरीको भनाइ छ । बिमाको पहिलो शुल्क पनि सञ्जीवलै नै तिरिदिएका थिए । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बिमा गर्न सक्ने भए पनि सर्जनको नाममा गरिएको बिमा भने त्यसअनुरूप थिएन ।
मोटरसाईकल धनी खाँ बीमा अभिकर्ता थिए । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ ।

आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमति समेत गिरोहले गरेका थिए।
सपनालाई गत साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो ।

उनीहरु सबै बिरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ