चितुवा तस्कर प्रहरीको फन्दामा, बन्यजन्तु मारेर गैर कानुनी धन्दाबाट लाखौँ कमाउने तस्करको सपना चकनाचुर 

चितुवा तस्कर प्रहरीको फन्दामा, बन्यजन्तु मारेर गैर कानुनी धन्दाबाट लाखौँ कमाउने तस्करको सपना चकनाचुर 

  • बिहिबार, साउन १२, २०७९
  • -डम्मर दत्त भट्ट

  • 11.3K
    SHARES

कञ्चनपुर, १२ साउन । कञ्चनपुरको देखतभूली गाँउबाट चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन । गयराती प्रहरीको टोलीले कृष्णपुर नगरपालिका ३ देखतभूली निरन्जन मल्लको धानबारीमा लुकाई रहेको अवस्थामा चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले विशेष सुचनाका आधारमा ईप्रका झलारीका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहको नेतृत्वमा ईप्रका झलारी सहित, सुदूरपश्चिम प्रदेश कार्यालय, र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चितुवाको छाला बरामद गरेको बताए ।

चितुवाका दुई छाला बरामदकासाथै उक्त गैर कानुनी काममा संलग्न भएका एक महिला सहित दुई जनालाई पक्राउ गरिएको छ । प्रहरी प्रवक्ता शाहले ८ फिट ४ इन्र्च लम्बाई, ३ फिट चौडाई र ७ फिट २ इन्च लम्बार्ई र २ फिट चौडाईका दुई थान छाला बरामद गरिएको बताए ।
चितुवाको छाला तस्करीमा डडेल्धुरा अमगढी नगरपालिका काँडेकी ४० बर्षिया मालती मल्ल९सेट्टी० र सोही गाँउका २९ बर्षिया मोहन सार्कीलाई पक्राउ गरेका छन । मालती मल्ल आफ्नो माईती घर देखतभुतली बस्दै आएकी छिन ।

डडेल्धुराबाट कञ्चनपुर हुँदै भारत तस्करीका लागि ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले मुख्य तस्करसम्म पुग्नका लागि थप अनुसन्धान भईरहेको जनाएको छ । गैर कानुनी कामबाट नाजाय फाईदा उठाउने प्रपञ्च रचेर बन्यजन्तु मार्दै तस्करी गर्ने बन्यजन्तु तस्कर समुहको सपना प्रहरीले चनाचुर बनाईदिएको छ ।

‘यसको गिरोह ठुलो हुन्छ, ‘प्रवक्ता शाहले भने, ‘त्यहाँसम्म पुग्नका लागि हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरीले चितुवाको छाला सहित पक्राउ परेका दुवैलाई डिभिजन वनमा बुझाउने छ । उनीहरुलाई वन्यजन्तु संरक्षण ऐन अन्र्तरगत कार्बाही हुनेछ । खुलेयाम तस्कर समुहले बन्यजन्तुको शिकार गर्दा समेत कैलाली कञ्चनपुरमा वन संरक्षणमा जुटेका सरकारी गैर सरकारी कार्यालय निकायहरुमाथि चुनौती थपिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी