रोमानियामा ‘वर एण्ड वधू’को छायांकन धमाधम

रोमानियामा ‘वर एण्ड वधू’को छायांकन धमाधम

  • बिहिबार, साउन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १२ साउन ।

अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै रोमानियामा हुने छायांकन पूरा हुने भएपछि निर्माण युनिटले सुटिङस्थलबाट केही तस्बिरहरू सार्वजनिक गरेको छ ।

फिल्म निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए । रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनिरहेको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

निर्देशक चाम्सले रोमानियामा फिल्मको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी गरे । सुदिप बरालको छायांकन रहेको फिल्मको प्रदर्शन मिति हालसम्म तोकिएको छैन ।

रोमानियाको टेलिभिजनले यो फिल्मको सुटिङलाई प्राथमिकताका साथ प्रसारण गरेको थियो । फिल्मका कलाकार र निर्देशकले रोमानिया टेलिभिजनमा अन्तर्वार्तासमेत दिएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी