कंगोमा शान्ति सेनामाथि सुरक्षा खतराः बिशेष सतर्कता अपनाउन सेनाको निर्देशन

कंगोमा शान्ति सेनामाथि सुरक्षा खतराः बिशेष सतर्कता अपनाउन सेनाको निर्देशन

  • बुधबार, साउन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, ११ साउन । नेपाली सेनाले द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरु सुरक्षित रहेको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो ।

‘उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रसंघको मोनुस्को मिसनको मुख्यालय रहेको कंगोको गोमा सहरमा साउन ९ गतेदेखि स्थानीय जनताले विभिन्न माग राख्दै मोनुस्को मिसन विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सेनाले जनाएको छ ।

‘उक्त मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको समेत जानकारी गराईन्छ,’ नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ।
विद्रोहीहरुले शान्ति सेना लक्षित आक्रमण गर्दा केही विदेशी सेनाको मृत्यु भएको छ । सो घटनामा दुई जना भारतीय सेनाको ज्यान गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ