रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • बुधबार, साउन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

ललितपुर, ११ साउन ।  ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

एकान्तकुना स्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनि टिपरमा बाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल गएराती ९ बजे ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बस्ने अन्दाजी २३ बर्षीय ठगिन्द्र राई र पछाडी सवार लललितपुरकै महालक्ष्मी नगरपालिका– १४ रानीबु बस्ने अन्दाजी ३५ बर्षीय सुरज अधिकारी घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारको लागी जावलाखेल स्थित अल्का अस्पताल पठाइएकोमा उपचारको क्रममा ठगिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी