काठमाडौं तीनकुनेस्थित कल सेन्टरमा प्रहरीले छापा मार्यो, अवैध गतिविधि गरेको आशंका

काठमाडौं तीनकुनेस्थित कल सेन्टरमा प्रहरीले छापा मार्यो, अवैध गतिविधि गरेको आशंका

  • सोमवार, साउन ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ९ साउन । काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ।
प्रहरीले अवैध गतिविधि गरेको आशंकामा छापा मारेको हो। यहाँ दुई हजार बढी युवायुवतीहरु काम गर्दै आएको पाइएको छ।

प्रहरीले छापा मारेपछि ती युवायुवती बाहिर निस्केका छन्। व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो।

वैद्य अर्गनाइजेसनको घर भाडामा लिएर कल सेन्टर सञ्‍चालनमा छ। कल सेन्टर सञ्चालनमा रहेको घर उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको हो।

आइतबार पनि प्रहरीले भैरहवाको तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा छापा मारेको थियो। छापा मार्नेक्रममा प्रहरीले एकजना भारतीयसहित ९ जना ुटिम लिडरहरूुलाई पक्राउ गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ