देशविदेशका २५ जनालाई नइ पुरस्कार,४१० जनालाई नइ रजत महोत्सव पदक

देशविदेशका २५ जनालाई नइ पुरस्कार,४१० जनालाई नइ रजत महोत्सव पदक

  • शनिबार, साउन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, साउन ७ । नइ प्रकाशनले आज राजधानी काठमाडौमा देशदेशान्तरका पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार समपर्ण गर्यो । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक समर्पण गरिएको थियो ।
गत वर्ष र यस वर्ष गरी ४१० जना व्यक्तिहरु नइ रजत महोत्सव पदकबाट सम्मनित हुनु भएको छ । नइ प्रकाशनले कोरोना महामारीका कारण गत वर्ष पूर्ण रुपमा सो पदक समर्पण गर्न सकेको थिएन ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमेरिका निवासी प्रा।मोहन सिटौलालाई महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठीले ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्नुभयो । ताम्रपत्र सहित सो पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ ।
महासमालोचक प्रा।डा।त्रिपाठीले देशविदेशका दस जना महानुभावलाई ताम्रपत्र सहित जनही एक लाख रुपियाँ राशिका २०७८ सालका नइ पुरस्कार समर्पण गर्नुभयो ।
समारोहमा शिक्षाविद् प्रा।डा।सुरेशराज शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, देशभक्त चिन्तक भैरव रिसाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, प्रथम टेष्टट्युव चिकित्सक डा।भोला रिजाललाई ‘नइ भावि पुरस्कार’, समालोचक प्रा।डा।दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’, अभिनयका लागि सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण भयो ।
त्यसै गरी साहित्यकार डा।रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’, धर्म तथा संस्कृतिमा योगदान पुर्याउने प्रा।डा।माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’, भारतीय साहित्यकार छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, गीतकार प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण भयो ।
समारोहमा ताम्रपत्रसहित साठी हजार रुपियाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ सुनगाभा विशेषज्ञ प्रा।डा।विजया पन्त र ‘नइ रेखा पुरस्कार’ साहित्यकार श्रीमती गङ्गा लिगललाई समर्पण गरियो ।
साथै जनही पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ कञ्चनपुरका श्रीमती नारा जोशीलाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर वेलबासेलाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी भक्ति शाहलाई प्रदान गरियो । त्यसै गरेर मिस नेवा सुश्री कृषा महर्जनलाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो ।
महासमालोचक प्रा।डा।त्रिपाठीले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ सुश्री सम्पदा दुलाल, साहित्यतर्फ श्री विभूति अधिकारी, चित्रकलातर्फ सुश्री रिकिस्ना डङ्गोल, सङ्गीततर्फ श्री सन्देश पौडेल, नृत्यतर्फ सुश्री राशु पन्त र खेलकुदतर्फ सुश्री नयना शाक्य हुनुहुन्थ्यो ।
साथै जनही सात हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ गायनमा सुश्री सिचु मानन्धर, नृत्यमा सुश्री नासिका ठकुरी र ताम्रपत्रसहित पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ पाँच वर्षीय सुश्री श्रीना महर्जनलाई प्रदान गरियो ।
श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठी, पुरस्कृतहरूका तर्फबाट प्रा।मोहन सिटौला, प्रा।डा।सुरेशराज शर्मा, प्रा।डा।दयाराम श्रेष्ठ र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो । समारोहमा पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी