खानेपानी समितिको अधिवेशनमा १७ प्रतिशत मात्रै उपभोक्ता उपस्थित, कोरम नपुगेपछि घरघरमा पुगेर हस्ताक्षर गराइदै

खानेपानी समितिको अधिवेशनमा १७ प्रतिशत मात्रै उपभोक्ता उपस्थित, कोरम नपुगेपछि घरघरमा पुगेर हस्ताक्षर गराइदै

  • शनिबार, साउन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

अर्घाखाँची, ७ साउन। अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर उपभोक्ता संस्थाको अधिवेशन सन्धिखर्कमा जारी छ । करिब १८ सय जना उपभोक्ता रहेको संस्थामा करिब तीन जनाको मात्रै उपस्थितिमा अधिवेशन शुरु भएको हो । अधिवेशनमा आवश्यक संख्या नपुगे पनि निर्वाचन समितिले निर्वाचन प्रक्रिया भने अगाडि बढाएको छ।

उद्घाटनसत्रमा आवश्यक कोरम नपुगेपछि सदस्यको घरघरमै पुगेर हस्ताक्षर गराएर माइन्युटमा संख्या बढाइएको छ । ‘कार्यक्रममा म सहभागी थिइन, नाम उल्लेख नगर्ने शर्तमा एक उपभोक्ताले भने, ‘हामीलाई गाह्रो भयो भनेपछि घरमै आएकालाई हस्ताक्षर गर्दिएको छु ।’

घरघरमा पुगेर हस्ताक्षर गराएको माईन्युट भने गोप्य राखिएको छ । अहिले माईन्युट उपलब्ध गराउन सकिँदैन,’ निर्वाचन समिति संयोजक केबी भुसालले भने,  ‘तपाईं के गर्न सक्नुहुन्छ गर्नुस्, आज दिन सकिन्न भोलि पाउनुहुन्छ ।’

उद्घाटनसत्र चलिरहेकै बेला जिल्लामा क्रियाशील राजनीतिक दलहरूले पदाधिकारी तथा सदस्यमा बाँडफाँट गरे पनि दोहोरो उम्मेदवारी परेपछि चुनाव हुने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ