भारतीय लागु औषधका तस्कर प्रहरीको फन्दामा

भारतीय लागु औषधका तस्कर प्रहरीको फन्दामा

  • शुक्रबार, साउन ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कञ्चनपुर, ६ साउन । लागु औषध बोकेर नेपाल आएका तीन भारतीय लागुऔषध ९खैरो हिरोईन०का तस्करलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमबरबस्तीबाट तीन भारतीय लागु औषधका तस्कर प्रहरीको नियन्त्रणमा आएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले सीमाबस्ती पुनर्वासको अमरबस्तीबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले लागु औषध सहित नगद र तीनै जनालाई नियन्त्रणमा लिएको बताए ।

सुचना अधिकारी शाहका अनुसार पक्राउ पर्नेमा भारत उत्तराखण्ड पलियाका सुमित गुप्ता, उत्तारखण्ड लखिमपुर खिरीका लबि गुप्ता र महेन्द्रुको साथबाट लागु औषध बरामद गरिएको छ । तीनै जनाको साथबाट ७८.३७ ग्राम खैरो हिरोईन र नगद १५ हजार बरामद गरिएको छ ।

भारतीय तस्कर समुहले नेपालका किशोर युवा समुह ध्वस्व पार्नका लागि खुलेयाम सीमापार लागु औषध ल्याएर बिक्रि वितरणमा उद्यत रहेका छन । सो भारतीय लागु औषधका तस्कर समुहमाथि नेपाल प्रहरीले डण्डा बजाउने काम सरानिय भएको स्थानीयको भनाई छ । स्थानीयले सीमा क्षेत्रमा यस्तै भारतीय तस्करमाथि निगरानी गर्दे कार्बाही गर्नुपर्ने सुझाव दिदै आएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ