साउन ४ काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै तीन विद्यार्थी संगठनले आज पनि प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्र निटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कालो ब्यानर राख्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।
प्रहरीले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई काठमाण्डौको नक्सालस्थित पिपलबोटमा राकेर अगाडी बढ्न दिएको छैन ।
विद्यार्थी नेताहरुले राजीनामा नदिए गभर्नरलाई कार्यलय प्रवेशमा रोक लगाउने र सबै कार्यक्रम अबरुद्ध पार्ने चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline