साउन ३ काठमाण्डौँ । सिभिल सहकारीका ठगी प्रकरणका मुख्य नाइके इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई आज रामशाहपथबाट पक्राउ गरेको हो।
उनी सहकारीको लेखा समिति सदस्य हुन् । उनका श्रीमान् इच्छराजसहित केशवलाल श्रेष्ठ पुर्पक्षका लागि हाल थुनामा छन्। उनीहरूविरुद्ध झन्डै आठ अर्ब रुपैयाँ ठगी गरेको आरोप छ। त्यसमध्ये एक हजार पाँच सय ३० पीडितले उनीहरूविरुद्ध प्रहरीमा पाँच अर्ब ८४ करोड ४० लाख २१ हजार सात सय १३ रुपैयाँ ठगी गरेका उजुरी नै दिएका छन्।
अब सिर्जना पनि जले नै जाने निश्चित देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline