डिएसपिले लात्तले हानेर वडाअध्यक्षलाई पोखराीमा खसाले

डिएसपिले लात्तले हानेर वडाअध्यक्षलाई पोखराीमा खसाले

  • सोमवार, साउन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

साउन २ वुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद भईरेका बेला प्रहरी टोली लिएर पुगेका डिएसपीले वडाअध्यक्षलाई लात्तले हानेर पोखरीमा खसालिदिएका छन् ।

गत शुक्रबारदेखि नै नगरसभाको विषयमा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबीच विवाद उत्पन्न भई सभा अवरुद्ध हुँदै आएको थियो ।

नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाण र अरू जनप्रतिनिधिले नगरसभाबाट बजेट मात्रै पास गर्ने र एमालेबाट निर्वाचित उपप्रमुख र अरू जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत गठन गर्नुपर्ने अडान लिदा विवाद बढेको थियो ।
सोही विवादपछि झडप हुन नदिन प्रहरी पुगेको थियो ।

सोही क्रममा आइतबारको बैठकमा आफूहरूलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न रोक लगाएको भन्दै आक्रोशित बनेका एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई घेरा हाली नियन्त्रणमा लिन खोजेका थिए। त्यसपछि उद्धारका खटिएको प्रहरीले जनप्रतिनिधिहरुलाई हस्तक्षेप गरेको थियो ।

नगरसभास्थलमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी र लाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी सहितको टोली खटिएको थियो । प्रशासकीय अधिकृत ज्ञवालीको उद्धारका क्रममा प्रहरीले जनप्रतिनिधिलाई हातपात गरेको गुनासो छ ।

तिलोत्तमा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नगरसभा भइरहेको होटलको स्वीमिङ पुलमा खसालिदिएका थिए ।

प्रहरी नायब उपरीक्षक केसीले लछारपछार गर्दै आफूलाई स्वीमिङ पुलमा फालिदिएका वडा अध्यक्ष क्षेत्रीले बताए।

एमालेका जनप्रतिनिधिले दोषी प्रहरी अधिकारीमाथि कार्बाहीको माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ