गभर्नर अधिकारीले राजीनामा नदिए जुनसुकै कार्यक्रम बिथोल्ने काँग्रेस माओवादी बिद्यार्थी नेताको चेतावनी

गभर्नर अधिकारीले राजीनामा नदिए जुनसुकै कार्यक्रम बिथोल्ने काँग्रेस माओवादी बिद्यार्थी नेताको चेतावनी

  • आइतवार, साउन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

साउन १ काठमाण्डौँ । एमालेको अर्थ तथा योजना विभागमा रहेको खुलेपछि विवादमा तानिएका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटारमा प्रदर्शन गरेको छ ।
सो क्रममा निषेधित क्षेत्र तोडिएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले केही प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरुमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने उद्देश्यले प्रदर्शन गरेका हुन् ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना सुरु भएको हो ।

प्रदर्शनलाई संवोधन गर्दै नेविसंघका अध्यक्ष अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए ।

कार्यक्रममा अखिल ९क्रान्तिकारी० की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन् । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ