विवादमा तानिएका गभर्नरलाई कार्यलय प्रवेश रोक लगाउन नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार घेर्दै

विवादमा तानिएका गभर्नरलाई कार्यलय प्रवेश रोक लगाउन नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार घेर्दै

  • आइतवार, साउन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

साउन १ काठमाण्डौँ । विवादमा तानिएका गभर्नर महाप्रसाद अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाउन नेविसंघ र अखिल क्रान्तिकारीले आज बालुवाटार घेर्ने भएका छन् ।
विहान १० बजे वालुवाटारमा जम्मा हुने दुई संगठनका कार्यकर्ताले गभर्नरलाई कार्यलय प्रवेशमा रोक लगाएर राजीनामाका लागि दबाब दिने तयारी गरेका हुन् ।

राष्ट्र बैंकको ऐन विपरीत गभर्नर एमालेको अर्थ तथा योजना विभागको सदस्य भएको खुलेको भन्दै उनीहरुले यस अघि पनि माईतीघरमा प्रदर्शन गरेका थिए ।

मौद्रिक नीति ल्याउने तयारी गर्दै गरेका गर्भनर एमालेको सो विभागमा रहेको एमालेको अन्तरपार्टी निर्देशिकामा एम अधिकारी उल्लेख गरेसँगै उनी विवादमा परेका थिए ।

एमालेले एम अधिकारी गभर्नर हैन भने पनि अर्को व्यक्ति फेला नपरेपछि महाप्रसाद अधिकारी नै एम अधिकारी भएको भन्दै सर्वत्र आलोचना भईरहेको छ ।
गठबन्धनका नेता र प्रधानमन्त्री देउवा समेत गभर्नरले राजीनामा दिनु पर्ने पक्षमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ