५६ बर्षकी महिलामाथि १५ र १७ बर्षका किशोरले गरे सामुहिक बलात्कार, प्रहरीद्धारा पक्राउ

५६ बर्षकी महिलामाथि १५ र १७ बर्षका किशोरले गरे सामुहिक बलात्कार, प्रहरीद्धारा पक्राउ

  • शनिबार, असार ३२, २०७९
  • दिपक चौरसिया

  • 15.3K
    SHARES

पर्सा ३२ असार । बारामा ५६ वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना किशोर पक्राउ परेका छन् । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ स्थित आफ्नै गोठ घरमा सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय र १७ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यही असार २५ गते राति आफ्नै गोठघरमा एक्लै सुतिरहेकी ५६ वर्षीया महिलालाई ती दुवै किशोरले रातिको ११ बजे सामुहिक रुपमा पालैपालो बलात्कार गरेका हुन्।

घटना बारे पीडित महिलाले प्रहरीलाई जानकारी गराएपछि असार २६ गते प्रहरीले दुवै किशोरलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

पक्राउ परेका दुवैजनालाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई निगरानी कक्षमा राखेर जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी