यसरी बने अशोक राई जसपाको संघीय परिषद् अध्यक्ष

यसरी बने अशोक राई जसपाको संघीय परिषद् अध्यक्ष

  • शुक्रबार, असार ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

वीरगञ्ज असार ३१ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक निर्वाचनको समिक्षा, संघीय तथा प्रदेश सभा निर्वाचनको तयारी, पार्टी अनुशासन उल्लंघन गरेका डा बाबुराम भट्टराई लगायत नौ जना नेताहरूलाई पदीय जिम्मेवारीबाट हटाउने, केन्द्रीय समितिमा तेंतिस प्रतिशत महिला समावेश गर्ने लगायत दशवटा कार्यसूचीमा छलफल गरी सम्पन्न भएको छ ।
यस पटकको बैठकमा पार्टीका बौद्धिक नेता एवम् संघीय मामिला मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ पार्टीका वैचारिक आर्किटेक्टको रूपमा मात्र होइन संगठनात्मक दृष्टीले कूशल व्यवस्थापकको रूपमा पनि चर्चा पाएका छन् ।
डा। बाबुराम भट्टराईले अशोक राईलाई उपयोग गरी पार्टी कब्जा गर्ने योजना बनाउँदा त्यसलाई असफल पार्न श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका थिए । बाबुराम भट्टराईको योजना विभिन्न बहानामा पार्टी आफ्नो हातमा पार्नु थियो । त्यसलाई असफल पार्न उनले अध्यक्ष उपेन्द्र यादव र अशोक राईबिचको दूरी मेटाउन भूमिका मात्र खेलेन, अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन पर्दा पछाडिबाट भूमिका खेले ।
वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकमा संघीय परिषद अध्यक्षको रूपमा डा भट्टराईको भूमिकाले तर्सिएका अधिकांश केन्द्रीय सदस्यहरूले संघीय परिषद पार्टीभित्रको अर्को शक्ति केन्द्र बनाउने षडयन्त्र भएकोले त्यसलाई खारेज गर्नुपर्ने कुरा उठ्दा श्रेष्ठले मञ्चमा उभिएर उक्त परिषद खारेज गर्न नहुने कुरा राखे । लगतै उपेन्द्र यादवले अशोक राईलाई संघीय परिषद अध्यक्ष बनाउन प्रस्ताव गरे र सिंगो हलले समर्थन गरे । यसरी अशोक राई बने संघीय परिषदको अध्यक्ष ।
डा भट्टरईले अशोक राईलाई उपयोग गर्न खोजे, राजेन्द्र श्रेष्ठले संघीय परिषदकै अध्यक्ष बनाउन भूमिका खेले । यो कुरा वीरगञ्ज बैठकमा भाग लिएका नेताहरूको बीच निकै चर्चाको विषय बन्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ