वीरगंज, २९ असार । पर्साको विश्रामपुरमा प्रहरीकै संरक्षणमा जुवाको खाल संचालनले दर्जनौ युवाको भविष्य जोखिममा पर्दै गएको छ । प्राप्त खबर अनुसार प्रहरीकै सहयोग र संरक्षणका कारण विश्रामपुरमा जुवाको खाल संचालन भएको र त्याहाँ स्थानीय युवाका साथै भारतीय युवाहरु समेत जुवा खेल्न आउने गरेका छन् ।
पर्साको विश्रामपुरमा जुवाको खाल संचालन बारे पटक पटक बिभिन्न संचार माध्यममा समाचार उजागर भएपनि पर्सा प्रहरीले शसक्त कार्बाही गर्न सकेको छैन ।
जुवाको खाल बारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतलाई समेत खबर गरिरहदा मौन बस्ने गरेकाले युवाको भविष्य जोखिममा परेको स्थानीयको भनाई छ ।
पर्सा प्रहरीदेखी बिभिन्न संचार माध्यमका केही पत्रकारहरुलाई समेत संरक्षण गर्नको निम्ति पैसाको वाडफाड समेत भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोलीको माध्यमले मासिक रुपमा मोटो रकम नजराना बुझाएको समेत जुवाडेहरु नै बताँउछन ।
उनिहरुका अनुसार पर्सा जिल्लाका केही पत्रकारहरुको सहयोगमा अधिकांश पत्रकारहरुलाई समेत रकम वाडफाड गर्ने गरिएको छ ।
विश्रामपुर निवासी एक जना बृद्धका अनुसार प्रहरी सुरक्षाको निम्ति होइन, मात्र रकम कमाउनको निम्ति परिचालन भएको संज्ञा दिए ।
प्रहरीले आफ्नो काम इमान्दारीता पूर्वक गरेको भए सायद विश्रामपुर गाउमा खुल्याम तरिकाले दिनदहाडै कौडाको खेल असम्भव रहेको, उनले बताए । कौडाको खेलका कारण स्थानीय युवा लगायत आसपास क्षेत्रका युवाहरु समेत कौडा खेलमा सहभागी भएकै कारण उनिहरुको जिवन संग खेलवाड भएको बृद्धले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले यस बिषयमा आफु जानकारी लिने बताइरहेपनि उहाकै संरक्षणमा कौडाको खेल भएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम शाखाकै माध्यमले कौडाको खेल भइरहेपनि प्रहरी उपरीक्षक बस्नेत मौन धारण गरेका छन । उनको मौन धारण आर्थिक चलखेलकै कारण हुन सक्ने स्थानीय बृद्धहरु बताउछन् ।