धनकुटा असार २७ गते । जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाँउपालिका ५ घर भई सोही वडाका वडाध्यक्ष रहेका ३१ बर्षीय सन्तोष राई पक्राउ परेका छन् ।
राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ बर्षीया महिलालाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको भनि पिडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दरखास्त पेश गरे पश्चात उनलाई गत २५ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बसन्तपुर ,तेह्रथुमबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline