हत्याको आरोपमा २ जना पक्राउ

हत्याको आरोपमा २ जना पक्राउ

  • सोमवार, असार २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

सोलुखुम्बु, असार २७ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ का ५७ बर्षीय सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमती र अर्की १ जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ ।

असार २५ गते राती श्रीमान श्रीमती संगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा कामीलाई निजकै श्रीमती ५५ बर्षीया बुदामाया बि।क। र स्थानीय ५३ बर्षीया ङिमा तामाङले हत्या गरेको भन्ने खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ