श्रीलंकामा जनविद्रोहको आगो, नेपाली नेतामा बढ्दै त्रास !

श्रीलंकामा जनविद्रोहको आगो, नेपाली नेतामा बढ्दै त्रास !

  • आइतवार, असार २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

असार २६ काठमाण्डौँ । श्रीलंकाको गलत आर्थिक नीतिका कारण देश संकटमा पुगेको छ । आर्थिक संकटसँगै निम्तिएको आन्दोलनले जनविद्रोहको रुप लिँदै गएको छ । जनताको शक्तिका अगाडी अहिले त्याहाँको शसस्त्र सुरक्षा बलको पहराले कुनै काम गरेको छैन ।
जनताले राष्ट्रपति भवनदेखि प्रधानमन्त्रीमन्त्रीको निवास सम्म आगजानी र कब्जा गरीसकेका छन् ।

राष्ट्रपति भवनको आलिसान स्वीमीङपुलमा अहिले आन्दोलनकारीले पौडी खेलिरहेका छन् भने भान्सामा उनीहरु भात पकाएर खाईरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्री कहाँ बसेका छन् एकीन छैन ।

दशकौँदेखिको परिवारवादमा फसेको श्रीलंकामा बढ्दो भ्रष्टाचार र गलत आर्थिक रबैयाका कारण देश टाट पल्टिएको छ ।

त्याहाँ ईन्धनको चरम अभाव छ भने विद्यालयहरुमा कापी किताव किन्ने पैसा छैन । यो संकटका बीच नेताहरुलाई जनताले घर घरबाट थुतेर कुटपिट गर्दै नेताहरुको आलिसान र भव्य महलहरुमा आगो झोसिरहेका छन् ।

त्यही मित्रराष्ट्र श्रीलंकामा देखिएको जनविद्रोहले नेपाली नेताहरुमा पनि त्रास उत्पन्न हुन थालेको देखिएको छ ।

अहिले राप्रपाका कमल थापादेखि जसपाका बाबुराम भट्टराई र काँग्रेसका उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले श्रीलंकाबाट पाठ सिक्नु पर्ने, नेताहरुको नाममा विकासका आयोजना र रकम बाँड्न नहुने भन्दै त्यस्तै स्थिति आउन सक्ने चेतावनी दिन थालेका छन् ।

आर्थिक क्षेत्र नेपालमा पनि संकट तर्फ गईरहेको छ । चरम वितरणमुखी एवं नेता कार्यकर्ता पोस्न केन्द्रीत गरिएका बजेट प्रणाली, नेताहरुको आलिसान जीवनशैली र जनतामा रोजगारीको अभाव, आर्थिक संकटका कारण आक्रोश बढीरहेको छ ।
भोली नेताहरुको यही अवस्था आउन सक्ने भन्दै अहिले देखि नै उनीहरु सचेत हुुनु पर्ने चेतावनी आउन थालेको छ ।
जसपा अध्यक्ष बाबुराम भट्टराईले श्रीलंकाको आन्दोलनलाई रुसको अक्टोबर क्रान्ति र फ्रान्सेली क्रान्तिसँग तुलना गर्न थालेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी