बाजुराको बुढीगंगा गाँउपालिकामा एमालेको जीत

बाजुराको बुढीगंगा गाँउपालिकामा एमालेको जीत

  • आइतवार, असार २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बाजुरा असार २६ । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का विजयी भएका हुन् ।

बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनीसँग पराजित कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए ।

उपप्रमुख पदमा विजयी कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । उनीसँग पराजित कांग्रेसका उम्मेदवार रिता शाही ले ३ हजार ७ सय ५५ मत ल्याइन् ।

१० वडा रहेको बुढीगंगामा ७ वटा वडाका वडाअध्यक्ष पदमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेसले ३ वडा जितेको छ ।
बुढीगंगामा वैशाख ३० को निर्वाचन स्वतन्त्र हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ