आज मुस्लिम समुदायको बकर ईद मनाईदै, राष्ट्रपति प्रधानमन्त्री र नेताहरुको शुभकामना

आज मुस्लिम समुदायको बकर ईद मनाईदै, राष्ट्रपति प्रधानमन्त्री र नेताहरुको शुभकामना

  • आइतवार, असार २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

असार २६ काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदैछन् ।

बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।

बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ ।

आइतबार मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिव एवं विपन्न परिवारलाई, एक भाग आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ ।

बकर इदकै उपलक्ष्यमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
यसैबीच, राष्ट्रपति, प्रधानमन्त्री एवं विभिन्न दलका नेताहरुले बकर ईदका अवसरमा शुभकामना दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ