भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्री बरामद

भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्री बरामद

  • शनिबार, असार २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

बिराटनगर, असार २५ गते । मोरङको बिराटनगर महानगरपालिका-६ स्थितबाट भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा हिजो दिउँसो १ नम्वर प्रदेश प्रहरी कार्यालय RIT बाट खटिएको प्रहरी टोलीले बिराटनगर-६ स्थित रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको चिनी ४७ बोरा (२३५० के.जि.), मटर ३२ बोरा (९६० के.जि.), छोकडा ५ बोरा (२५० के.जि.), पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन समेत गरी अन्दाजी २ लाख ३० हजार मुल्य बरावरको  समान बरामद गरेको हो ।

बरामद गरिएका खाध्यान्नका सामग्रीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको साथै अन्य थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ