असार २४ काठमाण्डौँ । भोजपुरका एमाले नेता एवं पूर्व मन्त्री कृपासुर शेर्पा, एमाले पोलिटव्यूरो सदस्य गोकुल घर्ती सहितको टोली चढेको गाडी सिन्धुलीमा दुर्घटनामा परेको छ । दुर्घटमा घाईते भएका मध्य तीन जनाको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।
चार जना घाईते हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याईएको छ ।
काठमाडौंबाट सुनसरीका लागि छुटेको बा २ च ९००३ नम्बरको गाडी सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १४ चन्दनपुरमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते हुनेमा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री शेर्पा, पेम्बा गुरुङ, देवराज राई, गणेश थापा छन् । घाइतेमध्ये पेम्बा गुरुङ, देवराज राई र गणेश थापाको अवस्था गम्भीर रहेको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline