हतियार सहित २ जना बारा प्रहरीको नियन्त्रणमा

हतियार सहित २ जना बारा प्रहरीको नियन्त्रणमा

  • बिहिबार, असार २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बारा, २३ असार । बाराको सिम्रौणगढ नाकाबाट हतियार सहित २ जनालाइ बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । सिम्रौणगढ नगरपालिका वडा नम्बर १ बाट बुधबार साझ करिब ७ बजेको समयमा बारा प्रहरीले हतियार सहित २ जनालाइ नियन्त्रणमा लिन सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाका अनुसार बिशेष सूचना आउनसाथ इलाका प्रहरी कार्यालय सिम्रौणगढबाट टोलि परिचालन गरिएको बताए । इलाका प्रहरी कार्यालय सिम्रौणगढबाट खटिएको बिशेष टोलिले सिम्रौणगढ नगरपालिका वडा नम्बर १ स्थित नम्सगराढाट पोखरीको डिलबाट अबैध हतियार सहित २ जनालाइ नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं १ नम्सगराढाठ बस्ने अन्दाजि बर्ष २९ को अनिल मुखिया र सोहि बस्ने २५ बर्सिय गुड्डु भन्ने धिरज मुखिया रहेको बारा प्रहरीले जनाएको छ । स्थानीय मानिसहरुलाई हतियार देखाई डर, त्रास, धाकधम्की दिइरहेको छन् भन्ने विशेष खबर पाउनासाथ खटिएको बिशेष टोलिले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कटुवा पेस्तोल १ थान सहित दुबै जनालाइ नियन्त्रणमा लिएको र निजहरु माथि हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत मुद्दा चलाउने बारा प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ