विश्रामपुरमा जुवाको खाललाई प्रहरीकै संरक्षण

विश्रामपुरमा जुवाको खाललाई प्रहरीकै संरक्षण

  • बुधबार, असार २२, २०७९
  • दिपक चौरसिया

  • 8.2K
    SHARES

वीरगंज, २२ असार । पर्साको बहुदरमाई नगरपालिका अन्तर्गत पर्ने बिश्रामपुर गाउमा स्थानीय प्रहरी प्रशासनकै सहयोग र संरक्षणमा जुवाको खाल संचालन भएको पाइन्छ । स्थानीय इलाका प्रहरी कार्यालय पोखरीयाको सहयोग र संरक्षणमा बिश्रामपुर गाउमा जुवाको खाल संचालन भएको पाइएको हो ।
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक आयुष जोसीकै मिलेमतो र संरक्षणमा व्यापक रुपमा जुवाको खाल संचालन भएको स्थानीयवासीहरुले आरोप लगाएका छन । स्थानीयवासीहरुका अनुसार बिश्रामपुर निवासी रबिन्द्र कुश्वाहाले जुवाको खाल संचालन गरेको र जुवाको खाल संचालनको निम्ति इलाका प्रहरी कार्यालय पोखरीयाको समेत सहयोग लिएको बताएका छन । आफ्नो वर्दी र पावरको दुरुपयोग गर्दै प्रहरी निरीक्षक जोसीले बिश्रामपुर गाउमा जुवाको खाल संचालन नै गराएको बिषयमा प्रहरी संगठनमै व्यापक रुपमा चर्चाको बिषय बनेको छ ।

नेपाल प्रहरी संगठनलाई एउटा अब्बल संगठनको रुपमा मानिएपनि संगठनको नीति निर्देशनको धज्जि उडाउदै प्रहरी निरीक्षक आयुष जोसीले जुवाको खाल संचालनको निम्ति मासिक १० लाख रुपैया नजराना बुझेको बारे व्यापक रुपमा चर्चाको बिषय बनेको छ । आफ्नो उच्च अधिकारीले केही गर्न नसक्ने दावी गर्दै मासिक १० लाख रुपैया बुझेको जुवाडेहरु नै बताउछन ।
जुवा खेलमा सहभागी हुन भारतको बिभिन्न ठाउहरुबाट जुवाडेहरु बिश्रामपुर गाउमा आउने गरेको समेत स्थानीयले दावी गरेका छन । अर्का स्थानीयका अनुसार जुवाको लतमा केही स्थानीय युवाहरु समेत लागेको बताउछन । जुवाको लतमा लागेका युवाहरु मध्ये दुई जनाले आफ्नो जिवन संगीनिको गहना समेत बिक्रि गरेर हारिसकेको बताउछन ।
शान्ति सुरक्षाको ठेक्का पाएका नेपाल प्रहरीले आफ्नो गैर जिम्मेवारीपनका कारण जुवाको लतमा दर्जनौ युवाहरु परेको आरोप स्थानीयहरुको रहेको छ । नेपाल प्रहरीले केही कारवाही अगाडी बढाउन नसक्ने भन्दै एक जना ठग पत्रकारले समेत जिम्मा लिएको चर्चाको बिषय बनेको छ । मधेस प्रदेशको डिआईजी मसाउद आलम खा“ लगायत संगठनको आईजीपि धिरज प्रताप सिंहको समेत सेन्डिकेट मिलाउन ठग पत्रकारले जिम्मा लिएकै कारण जुवाको खाल संचालन भएको प्रहरी श्रोतको दावी रहेको छ ।

यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रमेश बस्नेतले बिशेष सुचना पाउनसाथ मंगलवार साझको समयमा बिशेष टोली नै परिचालन गरेको स्वीकार्छन । जिल्ला प्रहरी कार्यालय पर्साको टोली र सशस्त्र प्रहरीको टोली घटना स्थलमा पुग्न अगाडी जुवाडेहरुमा भागदौड नै मचिएको स्थानीयहरु बताउछन । बिश्रामपुर गाउमा भइरहेको जुवाको खाल संचालन बारे जानकारी भएपनि पुग्नु अगाडी नै भागदौड मचिएको एसपी बस्नेतले स्वीकार्छन । यस बिषयमा आफ्नो बिशेष निगरानी बढाइएको समेत एसपी बस्नेतले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ