असार २२ काठमाण्डौँ । काठमाडौंको चन्द्रागिरी केवलकारमा समस्या आएर डाँडामा फसेका ४३६ जनाको उद्धार भएको छ ।
केवलकार अवरुद्ध हुँदा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाको परिवारै अड्किएका थिए । पछि केवलकार चलेपछि उनी डाँडामा पुग्न सफल भएका थिए ।
डाँडामा फसेकाहरुको उद्धारका लागि सयौँको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका थिए ।
प्रहरीले १७० जनालाई पैदल नै उद्धार गरेको छ । साँझ केवलकारबाट बाँकी २६६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline