सेवाग्राहीबाट एक लाख ७० हजार घुस लिँदै गर्दा पर्साका सब ईन्जिनियर पक्राउ

सेवाग्राहीबाट एक लाख ७० हजार घुस लिँदै गर्दा पर्साका सब ईन्जिनियर पक्राउ

  • मङ्लबार, असार २१, २०७९
  • दिपक चौरसिया

  • 7.2K
    SHARES

पर्सा २१ असार । पर्सामा घुस रकम लिदै क्रममा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । शहरी विकास तथा भवन कार्यालय पर्साका सब ईन्जिनियर रुपेश कुमार दुवे सेवाग्राहीबाट १ लाख ७० हजार रुपैया घुस लिदाँ दिदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

सेवाग्राहीलाई दुख दिने नियतले फाईल रोक्ने र पैसा नदिई काम नगर्ने भएपछि मंगलबार बेलुका ओम निर्माण सेवा बसन्तपुर र आर्यन एण्ड आशिष निर्माण सेवा मानवाका प्रोपराईटर संग १० प्रतिशत कमिशन बापत १ लाख ७० हजार रुपैया घुस लिई रहेको अवस्थामा पक्राउ परेका हुन ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वमा रहेको प्रहरी टोलीले दुवेलाई नगद १ लाख ७० हजार घुसको रुपैया सहित पक्राउ गरेको हो । दुवे धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी हुन ।

दुवेले प्रत्येक सेवाग्राहीसँग विकास निर्माणको ठेक्का पट्टाको फाईल सदर र निर्माण सम्पन्नको प्रमाणित गर्न ठेक्का रकमको १० प्रतिशत भुक्तानी नगरी हस्ताक्षर नै नगर्ने गरेको छन । जिल्ला वन कार्यालय मार्फत ओम निर्माण सेवा बसन्तपुरले जिराभवानी गाउँपालिकामा रहेको सब डिभिजन कार्यालय बसन्तपुर र सब डिभिजन कार्यालय मानवाको बन कर्मचारीहरुको लागि स्टाफ क्वाटर निर्माणको ठेक्का पाएको थियो ।

दुवै निर्माण कम्पन्नीको स्टाफ क्वाटर निर्माण गर्न १०÷१० लाख रुपैयामा ठेक्का सकार गरी भवन समेत निर्माण गरीसकेको छ । आर्यन एण्ड आशिष निर्माण कम्पन्नीका संचालक कृष्णमोहन साहले भने, भवन निर्माण गरी सकेपनि सब ईन्जिनियर दुवेले कमिशन विना फाईलमा हस्ताक्षर गर्न मानेका थिएनन्। १ लाख ७० हजार कमिशन बापत घुस लिएपछि मात्र फाईलमा हस्ताक्षर गर्ने भएपछि घुस बापतको रकम लिएको केहि बेरमै प्रहरीले उनलाई रंगे हात पक्राउ गरेको बताए ।

दुवेलाई १ लाख ७० हजार नगद घुस बापत रुपैया लिई रहेको अवस्थामा पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले समेत बताए । उनले भने, दुवेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएका छौ, प्रारम्भीक अनुसन्धान पश्चात अख्तियारको जिम्मा लगाउँने छौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी