आईजिपी नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै

आईजिपी नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै

  • आइतवार, असार १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

असार १९ काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धि मुद्दामा आज पनि सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा आइतबार प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस सुरू गर्नेछन् ।

आइतबारको बहसमा सरकार पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, भिामाजुृन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गर्ने तयारी छ ।

आईजीपीको पक्षमा १९ जना कानुन व्यवसायीले बहस गर्न नाम लेखाएका छन् । तर, तीन जनाले विस्तृतमा बहस गर्ने र अरूले थपथाप गर्ने जनाइएको छ ।

यसअघि यही असार १३ गते भएको सुनुवाईमा सरकार पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैंमा राखेर आइतबारका लागि पेशी तोकिएको थियो ।

आफूभन्दा जुनियर एआईजी धिरजप्रताप सिंहलाई सरकारले आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ