असार १९ काठमाण्डौँ । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी त्यहाँकी महिला कर्मचारी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । उनको हत्याको आशंकामा परिवारजनले शब बुझ्न मानेका छैनन् ।
केएमसी स्कुलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका–८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।
केएमसी स्कुलमा घटनाका दिन शनिबार रातभर तनाव भएको थियो ।
रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत थिइन्।
हरेक दिन बिहान ७ बजे स्कुल गएर साँझ ७ बजे फर्किने गरेकी उनी शनिबार साँझ साढे ७ बजेसम्म पनि कोठामा नआएपछि परिवारले खोजी गरेका थिए। त्यस क्रममा उनी आफू कार्यरत विद्यालयकै होस्टेलभित्र मृत भेटिएकी हुन्।
शनिबार बेलुका नै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline