आफ्नै श्रीमतीलाई मट्टीतेल छर्किएर आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ

आफ्नै श्रीमतीलाई मट्टीतेल छर्किएर आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ

  • शनिबार, असार १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

असार १८ विराटनगर । मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारकी ३० वर्षिया बबिता मल्लिकलाई मट्टीतेल खन्याएर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ ।

शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदै २३ वर्षिय तिलका मल्लिकले श्रीमती बबिताको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा शुक्रबार राति १० बजेतिर उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा बबिताको आज बिहान मृत्यु भएको थियो ।

घरभित्रै मट्टिेल छर्किएर पत्नीलाई आगो लगाएपछि तिलका फरार भएका थिए।

पत्नीलाई आगो झोसेर भागेका तिलकालाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले राति नै पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ