बर्दिया असार १७ । बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निगुरो टिप्न गएका एक नेपालीको गोली हानी हत्या भएको छ ।
गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको र अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो ।
भारतीय वन रक्षकले गोली प्रहार गरेको स्थानीयले अनुमान गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline