झर्झर झर्झर बर्षियो जलनिधी सौन्दर्यको खालमा
उड्छिन सुन्दरी बोकी पूर्णछ घडा चम्केर आकाशमा
पोखि अमृत पर्व बन्दछ यहाँ यो पन्द्र आषाढको
रोप्छौँ धान जता ततै छ रमिता यो सान संसारको ।। १ ।।
बाजा बज्दछ नाच गान छ सगै मुठा लिदै धानको
अषारे गितको छ गुञ्जन पनि बाउसे र रोपारको
फाँटै टम्म छ सुन्दरी छुपुछुपु रोपेर खेल्दै हिलो
संसारै भरि गुञ्जियो हृदयको भाखा बनि जोसिलो ।। २ ।।
खेलै चल्दछ धान रोप्न रमिता बाउसे छ सम्याउने
आली लाउनु पर्छ पौरखी बनी कोदाली उठाउने
वियाडै तिर विउका मुठी मुठि बाँधेर डोको भरि
बोकी रोप्न पठाउनेहरु पनि यै कर्मका सुन्दरी ।। ३ ।।
बाली लाउन आज उत्सब छ यो थाक्दैन कोही पनि
लाग्छन उत्सब यो मनाउन सबै आफैँ अगुवा बनि
गोरु नारी सम्याउदै दवदवे हिलो बन्यो जल्थल
कैल्यै थाक्नु परेन जाँगर छ झन छ्याप्छन जमेको जल ।। ४ ।।
मानु रोपी मुरी फलाउन सबै गर्छन यहाँ जाँगर
खोली दिल लगाई बेठी खलिया ढाक्छन बनि सागर
बाजा बज्दछ युगलाहरु जुडी नाचेर ढाके गरा
आयो पन्द्र अषाढ चाढ छ ठूलो गुञ्ज्यो कुना कन्दरा ।। ५ ।।
बाबाधामको कोसेली १५ आषाढ २०७९
शिव अधिकारी – गुञ्ज्यो कुना कन्दरा
बाबाधाम कोटेश्वर