गुञ्ज्यो कुना कन्दरा

गुञ्ज्यो कुना कन्दरा

  • बुधबार, असार १५, २०७९
  • शिव अधिकारी

  • 8.7K
    SHARES

झर्झर झर्झर बर्षियो जलनिधी सौन्दर्यको खालमा
उड्छिन सुन्दरी बोकी पूर्णछ घडा चम्केर आकाशमा
पोखि अमृत पर्व बन्दछ यहाँ यो पन्द्र आषाढको
रोप्छौँ धान जता ततै छ रमिता यो सान संसारको ।। १ ।।

बाजा बज्दछ नाच गान छ सगै मुठा लिदै धानको
अषारे गितको छ गुञ्जन पनि बाउसे र रोपारको
फाँटै टम्म छ सुन्दरी छुपुछुपु रोपेर खेल्दै हिलो
संसारै भरि गुञ्जियो हृदयको भाखा बनि जोसिलो ।। २ ।।

खेलै चल्दछ धान रोप्न रमिता बाउसे छ सम्याउने
आली लाउनु पर्छ पौरखी बनी कोदाली उठाउने
वियाडै तिर विउका मुठी मुठि बाँधेर डोको भरि
बोकी रोप्न पठाउनेहरु पनि यै कर्मका सुन्दरी ।। ३ ।।

बाली लाउन आज उत्सब छ यो थाक्दैन कोही पनि
लाग्छन उत्सब यो मनाउन सबै आफैँ अगुवा बनि
गोरु नारी सम्याउदै दवदवे हिलो बन्यो जल्थल
कैल्यै थाक्नु परेन जाँगर छ झन छ्याप्छन जमेको जल ।। ४ ।।

मानु रोपी मुरी फलाउन सबै गर्छन यहाँ जाँगर
खोली दिल लगाई बेठी खलिया ढाक्छन बनि सागर
बाजा बज्दछ युगलाहरु जुडी नाचेर ढाके गरा
आयो पन्द्र अषाढ चाढ छ ठूलो गुञ्ज्यो कुना कन्दरा ।। ५ ।।

बाबाधामको कोसेली १५ आषाढ २०७९
शिव अधिकारी – गुञ्ज्यो कुना कन्दरा
बाबाधाम कोटेश्वर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी