वीरगंज नगर सभागृहका संचालक राजनीतिक आडमा समझदारी पत्रको उलंघन गर्दै

वीरगंज नगर सभागृहका संचालक राजनीतिक आडमा समझदारी पत्रको उलंघन गर्दै

  • बुधबार, असार १५, २०७९
  • दिपक चौरसिया

  • 11.2K
    SHARES

वीरगंज १६ असार । बीरगंज महानगरपालिका वडा नम्बर १० आर्दशनगर स्थित नगर सभागृह हल संचालन गर्दा न्युनतम रु ५००० शुल्क लिने भनेर राहुल ट्रेडर्स वीरगंजका संचालक एवम् प्रोपाइटर प्रतिमा साह कलवार संग तत्कालीन बीरगंज उपमहानगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

समझदारी पत्रमा उल्लेख भए अनुसार होइन कि अहिले सो सभा गृहमा कार्यक्रम संचालन गरेबापत न्युनतम रु १ लाख देखि २ लाख सम्म लिने गरेको छ । समझदारी पत्रमा तत्कालीन वीरगंज उपमहानगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत बिष्णु प्रसाद कोइराला सोही कार्यालयका कर अधिकृत मनोज कुमार कर्ण साक्षी र ट्रेडर्सका तर्फबाट संचालक प्रतिमा साह कलवार र साक्षीमा भोला साह कलवार लगायतले समझदारी पत्रमा हस्ताक्षर गरेको पत्रमा उल्लेख रहेको छ ।

समझदारी पत्रमा लेखिएको अनुसार उपमहानगरपालिकाले तोकेको दररेट अनुसार शुल्क रकम मात्र असुल गर्न पाईन्छ भनेर बताए पनि अहिले मनोमानी ढंगले रकम असुली भइरहेको छ । राजनीतिक अडाकै कारण २२ वर्षका लागि उक्त नगर सभागृह हल हडपन सफल भएको यहाँका बुद्धिजीवीहरु बताउँछन् ।

समझदारी पत्रमा आ।व। २०७३/०७४ देखि आ.व.२०९५/०९६ अर्थात २२ वर्षका लागि भनेर उल्लेख गरेको छ । नगर सभागृहमा राजनीतिक दल, सामाजिक, धार्मिक, सास्कृतिक र सेवामूलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर सहुलियत दरमा उपलब्ध गराउन समेत भनिएको छ तर त्यो पनि अहिलेसम्म कार्यान्वन भएको छैन ।
नगर सभा संचालन गर्दा केवल चमेनी गृह मात्र संचालन गर्ने समझदारी पत्रमा उल्लेख भए पनि अहिले मनोमानी तरिकाले होटल तथा रेष्टुरेन्टहरु संचालन गर्नुका साथै अन्य भौतिक संरक्षणहरु समेत तोडमोड गरि संचालनमा ल्याउने काम भएको छ । जीरगंज महानगरपालिकामा यसअघि जनप्रतिनिधिको रुपमा महानगरपालिकाको नगर प्रमुखमा बिजय कुमार सरावगी र हालका महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले समेत यस बिषयमा कुनै चासो नलिएको जनगुनासो बढेको छ ।

महानगरपालिकामा अहिले उपमेयर नेपाली काङ्ग्रेसकै भएकाले यस ट्रेडर्सका संचालन समेत नेपाली काङ्ग्रेसको पुर्व नगर सभापति समेत रहेकाले केवल यो नगर सभागृह मागी खाने भाडाको रुपमा परिणत भएको छ । राजनीतिक आडाका कारण यति लामो समयका लागि आफ्नो बरचश्व कायम गर्न सफल भएको यहाँका स्थानीय बासिन्दाहरु बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी